fbpx

पूर्वाञ्चल विश्वविद्यायमा प्रधानमन्त्रीका छौंडा प्रवेश : सचेतक कार्की

विराटनगर ।

पूर्वाञ्चल विश्वविद्यालयमा जारी आन्दोलनको आलोचना गर्दै नेपाली कांग्रेस प्रदेश नम्बर १ का सचेतक केदार कार्कीले ध्यानाकर्षण भएको जनाएका छन् ।उनले एक विज्ञप्ती जारी  गर्दै  सत्ताधारी दल र यससँग सम्बन्धित संघसंस्थाहरुले गैरकानुनी र गैह्रशैक्षीक गतिबिधि गरेको भन्दै उनले विरोध जनाएका हुन् ।

‘पटक पटकको सर्वोच्च अदालतको आदेशलाई नमान्ने ने.क.पा र सम्वन्धित पक्षले कानुनी राज्य र लोकतन्त्र को उपहास गरिरहेका छन्’ विज्ञप्तीमा उल्लेख छ । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा जवरजस्ती गर्नु अनैतिक मात्र नभएर अपराध भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

केही उश्रृखल ब्यक्तीले विश्वविद्यालय र सेवा आयोगको कार्यलयमा गरेको ताण्डव हेर्दा साच्चै प्रधानमान्त्रीका छौंडा नै प्रवेश गरेको भान भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।  सर्वोच्चको फैसला आफैमा एउटा कानुन भएको भन्दै कनुनी राज्यमा कानुन नमान्ने लाई तुरुन्त कार्वाही गर्न सचेतक कार्कीले सरकार, प्रशासन र सम्बध पक्षसँग माग गरेका छन् ।

प्रतिक्रिया

Loading...