birat ribon

ब्राजिलका प्रशिक्षक टिटेकाे दाबि ‘मेस्सीले आफ्नो मर्यादा भुले’

Neuro
ब्राजिलका प्रशिक्षक टिटेकाे दाबि ‘मेस्सीले आफ्नो मर्यादा भुले’

एजेन्सी । ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा रेफ्रीको भूमिकाप्रति अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी असन्तुष्ट छन् ।  पत्रकार सम्मेलन गरी  मेस्सीले रेफ्री  ब्राजिललाई उपाधि दिलाउन लागेको आरोप पनि लगाए ।

४६ औं संस्करणको कोपा अमेरिकामा भष्टाचार भएको मेस्सीको दाबि छ । तर दक्षिण अमेरिकी फुटबल संघलाई मेस्सीले लगाएको आरोपकाे ब्राजिलका प्रशिक्षक टिटेले  प्रतिवाद गरेका छन् । मेस्सी जस्तो महान खेलाडीले आरोप लगाउनु भन्दा अगाडी सोच्नु पर्ने उनको बताउँदै उनले आराेपकाे प्रतिवाद गरेका हुन् ।

cura insider

सेमिफाइनल खेलमा अर्जेन्टिनालाई २–० ले पराजित गरेको ब्राजिलले पेरुलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । कोपा अमेरिका बिजयी भएपछि प्रशिक्षक टिटेले मेस्सीले आफ्नो मर्यादा भुलेको बताए ।

सम्पूर्ण अफिसियल र फुटबल संघ नै ब्राजिललाई कोपा अमेरिका जिताउन लागि परेको र फुटबल संघ भ्रष्ट भएको अभिव्यक्ति दिएका मेस्सी पनि विवादमा छन् । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका मेस्सीले पराजित भएपछि  मर्यादा भुलेको टिटेकाे  भनाई छ  । मेस्सी महान खेलाडी भएको उल्लेख गर्दै उनले आफ्नो मर्यादा कायम गर्न र संयमित हुन सुझाव दिएका छन् ।

‘जुन खेलाडीलाई मैले सबै भन्दा उत्कृष्ट खेलाडी ठानेको थिए, त्यस्तो खेलाडीले पराजित भएपछि यस्तो अभिव्यक्ति दिनु दुखद हो।’ टिटेले भने ‘ पराजित भएपछि मेस्सीले नतिजा स्विकार्नु पर्थ्यो ।’

रेफ्रीले ब्राजिललाई खेल जिताउने प्रयास गरेको आरोप खण्डन गर्दै टिटेले फेरी भने ‘ रेफ्रीले गर्दा हामीले पनि धेरै पल्ट अनपेक्षित नतिजा भोग्नु परेको छ। म मेस्सीलाई सिधा जवाफ दिन चाहन्छु, सावधान, बोल्नु भन्दा पहिला धेरै सोचेको राम्रो, मेस्सीजस्तो खेलाडीले आफ्नो मर्यादा नगुमाएको राम्रो ’

मेस्सीको अभिव्यक्ति प्रति दक्षिण अमेरिकी फुटबलको सर्बोच्च निकाय कोन्मेबोलले प्रेस बिज्ञप्ति जारी गर्दै अश्विकार्य र आधारहीन भएको दाबि गरेको छ ।

jackson ribon