birat ribon

‘कवीर सिंह’को नेपाली रिमेकमा ‘ज्योतिष हिरो’ हरिहर अधिकारी

Neuro
‘कवीर सिंह’को नेपाली रिमेकमा ‘ज्योतिष हिरो’ हरिहर अधिकारी

काठमाडौं,
बलिउडका चर्चित अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’, साउथ इन्डियन चलचित्र अर्जुन रेड्डी को आधिकारिक कपि राइट लिएर निर्माण गरिएको थियो । ’अर्जुन रेड्डी’ मा विजय देवराकोन्डाको अभिनय रहेको थियो । उक्त फिल्मले उनलाई रातारात ’ सुपरस्टार’ बनाएको थियो । साथै बलिउड रिमेक ’कबिर सिंह’ फिल्मले प्रदर्शन भए देखि नै बक्स अफिसमा तहल्का मचाई रहेको छ ।

harihar

cura insider

शाहिद अभिनित ’कबिर सिंह’ शाहिदको करियरको सब भन्दा ठुलो फिल्म बन्न सफल भएको छ । यस फिल्मले प्रदर्शन भए देखि आज सम्ममा २२५ करोड कमाउन सफल भएको छ । अब, नेपालमा पनि तलेगु चलचित्रको आधिकारिक रुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा चलचित्र निर्माण हुने भएको छ । साउथ फिल्म ’अर्जुन रेड्डी’ निर्माण गरेको कम्पनी ‘भद्रकाली पिक्चर्स’ सँग उक्त फिल्मको कपि राइट्स खरिद गरि सकिएको छ ।

नेपाली भाषामा पनि ’अर्जुन रेड्डी’ को रिमेक बन्ने लगभग तय भएको छ । १० लाख भारुमा साउथ फिल्मको रिमेक अधिकार किनेको नेपाली कम्पनिले केही दिनमा ’अर्जुन रेड्डी’ को नेपाली रिमेकको आधिकारिक रुपमा घोषणा गर्ने तयारी समेत गरिरहेको छ । यस चलचित्रको नेपाली रिमेकमा चलचित्र ’सुभ लब’बाट सिनेक्षेत्रमा डेब्यु गरेका युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले अभिनय गर्ने जनाइएको छ ।

’अर्जुन रेड्डी’ले विजय र ’कविर सिंह’ले शाहिदको फिल्मी करियर चम्काए जस्तै नेपाली रिमेकले पनि हरिरारको फिल्मी करिअरलाई उचाईमा र्पयाउने देखिन्छ । त्यसैले हरिहरले पनि यस फिल्मक लागि निकै मेहनत गरिरहेका छन् । यस फिल्मका लागि हरिहर केही दिनयता हराएर जिममा पसिना बगाएर बडी बनाउनुका साथै कपाल र दाह्री पनि बढाइरहेका छन् । यस विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

jackson ribon