birat ribon

कसिलो जुत्ता लगाउँदा निम्तिन सक्छन् यस्ता समस्याहरू

Neuro
कसिलो जुत्ता लगाउँदा निम्तिन सक्छन् यस्ता समस्याहरू

फेसनको लागि होस्, आफ्नो सौख पूरा गर्न होस् वा अरुलाई देखाउनका लागि होस् आजकल धेरै जसो मानिसहरुले विभिन्न प्रकारको जुत्ता लगाउने गरेको हुन्छ । हामीले विभिन्न प्रकारको ड्रेसहरु मा भिन्न भिन्न प्रकारको जुत्ता लगाएको देख्न सकिन्छ ।

cura insider

कहिले हतारमा किनिने, मनपरेर किन्दा वा कसैले उपहार स्वरुप जुत्ता दिदा उक्त जुत्ताको साइज हाम्रो खुट्टासंग नमिल्ने समेत हुन सक्छ । हामीले जुत्ता लगाउदा उक्त जुत्ताले हामीलाई हिड्दा, वा लगाएर हिड्दा आराम दिन्छ कि दिदैन भनेर हेर्नु अतिआवश्यक हुन्छ । खुट्टामा आराम नदिने जुत्ताले स्टाइल मात्र दिएर त्यस संग सँगै पीडा पनि दिएको हुन्छ ।

हामीले जुत्ता किन्दा कसिलो जुत्ता, आफुलाई हिड्न अप्ठ्यारो भएको जुत्ता कहिले पनि किन्नु हुदैन । यसले गर्दा हामी लड्न पनि सक्छौं । यस्ता जुत्ता लगाएर धेरै बेर उभिदा वा अलि धेरै बेर हिड्नु पर्दा खुट्टाका साथै पूरा शरीरमा दुखाई सुरु हुन थाल्छ ।

साथै यसले हाम्रो सवास्थ्यमा समेत विभिन्न समस्याहरु उत्पन्न गराउने हुन्छ । हामीले जुत्ता लगाउदा साइज मिल्दैन भने हाम्रो खुट्टामा घाउ हुनुका साथै विभिन्न संक्रमण तथा रोग समेत फैलिन सक्छ । साइज नमिल्ने जुत्ताले खुट्टामा फोका उठ्ने र घाउ हुनुका साथै दाग पनि बस्न सक्ने सम्भावना हुने गर्छ । कसिलो जुत्ता लगाउदा बूढी औंला र माझको औंलामा दबाब परेर गोडाका औंलाहरू समेत बांगिन थाल्छन् ।

कसिलो जुत्ता लगाउदा खुट्टा चिलाउने र पोल्ने हुन्छ र उक्त ठाउँमा फोका आएर फुटेमा घाउमा परिणत हुन्छ । कसिलो जुत्ता लगाउदा औलाहरु टासिने हुदा औंलाको बीचमा पसिना आएर संक्रमण हुन थाल्छ र हामीलाई रोग लाग्छ । यस्तो समस्यामा खुट्टा सुन्निने, रगत संचालन राम्ररी नहुने, खुट्टा निलो तथा रातो हुने गर्दछ । साथै कसिलो जुत्ता लगाउदा गोली गाँठोनेर अर्को गाँठो समेत उत्पन्न हुन सक्छ ।

धेरै कस्सेको जुत्ताले गोली गाँठो मुनिको हाडको विकास गराउन थाल्छ र गोडाको लम्बाइका, मांसपेशी तथा गोली गाँठोको हाडसँग जोडिन पुग्छ । यस्तो बेलामा खुट्टामा निकै पिडा हुने गर्छ । त्यसैले, हामीले जुत्ता किन्दा धेरै कसिलो र हामीलाई हिड्दा सजिलो नहुने जुत्ता किन्ने गर्नु हुदैन ।

jackson ribon