birat ribon

मेस्सीको अभिव्यक्तिको विषयमा बोले सिल्भा, भने– ‘हारेपछि रेफ्रीसँग रिसाउनु सामान्य हो’

Neuro
मेस्सीको अभिव्यक्तिको विषयमा बोले सिल्भा, भने– ‘हारेपछि रेफ्रीसँग रिसाउनु सामान्य हो’

एजेन्सी,
ब्राजिलका डिफेन्डर थियागो सिल्भाले अर्जेन्टिनी कप्तान लियोन मेस्सीको अभिव्यक्तिका विषयमा आफ्नो मुख खोलेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सिल्भाले हारेपछि रेफ्रीसँग रिसाउनु सामान्य रहेको बताएका छन् ।

cura insider

कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीविरुद्ध आक्रोश पोखेका थिए । चिलीविरुद्ध २–१ गोलको जित निकालेको उक्त खेलको ३७औं मिनेटमा चिलीका कप्तान ग्यारी मेडेल र मेस्सी दुवैले रातो कार्ड खाएका थिए ।

करिअरकै दोस्रो रातो कार्ड खाएर मैदान बाहिरिएका उनले खेलपछि पत्रकारसँग कुरा गर्दै दक्षिण अमेरिकी फुटबल महासंघमाथि आक्रोश पोखेका थिए । उनले ब्राजिलले कोपा अमेरिका जित्न सेटिङ मिलाएको र दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको अभिव्यक्ति दिएका थिए । आयोजकका साथै रेफ्रीहरूले पनि पक्षपाति निर्णय लिएको आरोप लगाउँदै उनले अर्जेन्टिनाले हात पारेको तेस्रो स्थानको उपाधि लिन पनि अस्वीकार गरेका थिए ।

मेस्सीको अभिव्यक्तिमाथि अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन् । यस्तैमा पीएसजीका स्टार खेलाडी सिल्भाले हारेपछि रेफ्रीविरुद्ध खनिनु र निराश हुनु सामान्य रहेको बताएका हुन् । यसैगरी सिल्भाले मेस्सीलाई सन् २०१७ को च्याम्पियन्स लिगमा पीएसजीले बार्सिलोनासँग ब्यहोरेको हारका विषयमा सुझाएका छन् ।

सन् २०१७ को च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६को दुवै लेगको खेल पीएसजीले बार्सिलोनासँग हार व्यहोरेको थियो । पहिलो लेगमा ४–० को हार ब्यहोरेको पीएसजी दोस्रो लेगको खेलमा ६–१ गोलान्तरले पराजित भएको थियो । सिल्भाले आफूहरूलाई पनि दुई वर्षअघिको उक्त खेलमा यस्तै महसूस भएको भनी मेस्सीलाई सुझाएका छन् ।

‘त्यतिबेला हामीलाई यस्तो प्रतिक्रिया दिन गाह्रो भएको थियो,’ पेरुविरुद्धको फाइनल खेल जितेपछि सिल्भाले भने, ‘कहिलेकाँही हारिन्छ, हामीले अरू मानिसप्रति ध्यान केन्द्रित गर्नुपर्छ । मेरो विचारमा पीएसजी र बार्सिलोनाबीचको खेलमा उनले यस्तो प्रतिक्रिया जनाएनन् ।’

‘तर, हामी निराश थियौं, जतिबेला बार्सिलोनासँग ६–१ गोलले हामी पराजित भएका थियौं,’ उनले थपे, ‘मेरो विचारमा उनले रेफ्रीको भूमिका निभाएका थिए । बार्सिलोनासँग हार्दापनि हामीले रेफ्री बार्सिलोनासँग मिलेका छन् भनेर केही बोलेनौं,’ मलाई लाग्छ कि, मेस्सीले पनि यहाँ सम्मान देखाउनु पर्दथ्यो ।’

jackson ribon