birat ribon

सुन्दा हाँस उठ्ला तर, अध्यनका अनुसार साँझपख रुँदा हाम्रो तौल घट्ने गर्छ

Neuro
सुन्दा हाँस उठ्ला तर, अध्यनका अनुसार साँझपख रुँदा हाम्रो तौल घट्ने गर्छ

ब्यस्त जीवन, अनियमित खानपान र ब्यायामको कमीले आजकल सबैलाई हुने सामान्य समस्या भनेको शरीरको तौल बढ्नु हो । यसका लागि मानिसहरुले विभिन्न किसिमका उपायहरु अपनाउने गरेको देख्न सकिन्छ । समयमा नखानु, डाइटिंग गर्नु, तथा बजारमा पाइने औषधिहरु खाएर आफ्नो तौल नियन्त्रण गर्न खोजछन् । तर, यी उपायहरुले तौल घटाउनु भन्दा पनि हाम्रो शरीरमा नराम्रो असर गरिरहेको हुन्छ ।

cura insider

मोटोपनाका कारण मानिसहरुले टन्न जिम र विभिन्न डान्स क्लासमा टन्न पैसा खर्च गरेको पनि देख्न सकिन्छ । एउटा अनुसन्धानले अच्चमको कुरा पत्ता लगाएको छ । हामीले साँझ पख रुँदा हाम्रो शरीरको तौल घट्ने देखाएको छ । एउटा भनाइ पनि रहेको छ, तौल घटाउनको लागि केहि गर्नु पर्दैन, साचो प्रेममा धोका खाए पुग्छ भनेर । यसरी तनाव भएको बेलामा रुँदा हाम्रो शरीरमा कोर्टिसोन नामक हर्मोन उत्पन्न हुन्छ र आँसु मार्फत बाहिर निस्किने गर्छ ।

शरीरमा यो हर्मोनको मात्रा बढ्दा हाम्रो तौल घट्ने गर्छ । हामीले तनावका कारण रोएको बेलामा हाम्रो आँसुमार्फत शरीरका विभिन्न विषाक्त पदार्थहरु शरीरबाट सजिलै बाहिर निस्कने गर्छ । शरीरमा उत्पन्न भएको उक्त विषाक्त पदार्थले नै मानिसको तौल बढाउने गर्दछ । अनुसन्धानका अनुसार, मानिसले रुँदा तीन किसिमका आँसु निस्किने गर्छनस बेसल, रिफ्लेक्स र साइकिक ।

हामी खुशी भएको कारण बेसल आँसु, धुँवा वा प्रदूषणका कारणले रिफ्लेक्स आँसु र तनाव र दुखका भाव उत्पन्न भएको कारण साइकिक निस्किने गर्छन् । यही साइकिक आँसु निस्कँदा हाम्रो तौल कम हुने अनुशन्धानले प्रस्ट गरिसकेको छ । साँझ ७ बजेदेखि १० बजेसम्म दिनभरको थकानका कारण मानिसमा नकारात्मक भाव बढी हावी हुने हुदा यो समयमा रुँदा तौल छिटो घट्ने हुन्छ ।

हामीले रुँदा हाम्रो शरीरमा उपस्थित भएको क्यालोरी छिटो डढ्ने पनि गर्छ । रुदा हाम्रो मन हलुङ्गो भएको अनुभूति समेत हुन्छ । रुँदा आँखा सफा हुनुका साथै आँखाको शक्ति तथा चमक पनि बढ्छ । नियमित रुपमा रुने बानीले उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता समस्यासँग जुध्ने क्षमता समेत यसले उत्पन्न गराउछ ।तर, आँसु नझारी रुदा र रोएको नाटक गर्ने व्यक्तिहरुको चाहिँ तौल घट्ने गर्दैन ।

jackson ribon