birat ribon

शरीरको तौल नियन्त्रणमा ल्याउन पानी यो समयमा पिउनुपर्छ

Neuro
शरीरको तौल नियन्त्रणमा ल्याउन पानी यो समयमा पिउनुपर्छ

हामीलाई बाँच्नको लागि पानी एकदम आवश्यक हुन्छ । र, हाम्रो शरीरमा पानीको मात्रा पुगेन भने हामीलाई धेरै समस्याले सताउन सक्छ । पानीको कमीले हाम्रो शरीरमा डिहाईड्रेसनका साथै हामीलाई विभिन्न रोगहरु लाग्ने सम्भावना धेरै हुन सक्छ । त्यसैले आफ्नो तौल र कामको अनुसार हामीले दैनिक दिनको २ देखि ३ लिटर पानी पिउने गर्नु पर्छ । समय समयमा पानी पिउँदा हाम्रो मेटाबोलिज्म सक्रिय हुन्छ र हामीलाई कब्जियतका सथ्सत्है विभिन्न समस्याहरु हुँदैन ।

cura insider

यदि मोटोपन बाट दुखित हुनुहुन्छ भने पानी मात्र पिएर पनि हामीले हाम्रो तौल घटाउन सक्छौं । यसको लागि हामीले पानी खाने एउटा निर्धारित समय तालिका नै बनाउनु जरुरि हुने गर्छ । दैनिक बिहान उठ्ने वित्तिकै खाली पेटमा २ देखि ३ गिलास पानी पिउने गर्नु पर्छ । बिहानै पानी पिउनाले शरिरलाई आवश्यक पर्ने तत्व र कोशिका निर्माण हुँदै जान्छ भने हाम्रो शरिरका माँसपेशी समेत बलियो हुन्छ ।

बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौलामा लाग्ने विभिन्न रोगलाई समेत पन्छाउन सकिन्छ । यसले दिमागमा प्रर्याप्त उर्जा पैदा गरेर दिनभर सक्रीय हुन सहयोग गर्दै हाम्रो वजन घटाउन मद्दत गर्छ । बिहान होस् वा दिउसो चिया वा कफी खानुभन्दा अगाडि एक गिलास पानी पिउनै गर्दा शरिमा भएको एसिडको असर र वजनलाई नियन्त्रणमा ल्याउने गर्छ ।

बिहानको नास्ता र दिउसोको खाजा खानु अगाडी र एक घन्टा पछि १ गिलास पानी पिउने गर्नु पर्छ । त्यस्तै बिहान र बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट अगाडी र २० मिन पछाडी १ गिलास पानी पिउने गर्दा हाम्रो पाचन प्रक्रिया सक्रिय भएर हाम्रो तौल घटाउन मद्दत गर्छ । सुत्नु भन्दा एक घन्टा पहिला एक गिलास पानी गर्दा खाना पछि फेरी केही खान मन लाग्दैन ।

बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्वहरु सजिलै पानीसँगै बगेर जाने गर्छ । पानी धेरै पिउनु पर्छ भन्दैमा एकै पटक धेरै पिउनु भन्दा पनि दिनभरमा नौ,दश पटक गर्दै थोरै थोरै पानी पिउने बानी बसाउनु पर्छ । यसरी पानी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र हाम्रो तौल समेत घट्ने गर्छ । दिउसो हल्का भोक लागेको बेलामा तातो पानी पिउने तथा सोडा, वा चिसो पेय पदार्थ भन्दा पनि सादा पानी पिउने गर्नु पर्छ ।

jackson ribon