birat ribon

‘मारुनी’को पोस्टर सार्वजनिक, विवाहित महिलाको रूपमा देखिइन् साम्राज्ञी

Neuro
‘मारुनी’को पोस्टर सार्वजनिक, विवाहित महिलाको रूपमा देखिइन् साम्राज्ञी

विराटनगर,
अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘मारुनी’ को पोस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले सार्वजनिक गरेको यस फिल्मको पोस्टरमा साम्राज्ञीको आधा अनुहार देखाइएको छ भने उनले सिउँदोमा सिन्दुर र निधारमा ठूलो गोलो रातो टिका लगाएको देख्न सकिन्छ । सार्वजनिक भएको यो पोस्टरले दर्शकमा फिल्मप्रति निकै जिज्ञासा बढाएको देख्न सकिन्छ ।

cura insider

साम्राज्ञीले आफ्नो पहिलो डेब्यु फिल्म ’ड्रिम्स’ देखि पछिल्लो रिलिज फिल्म ’इन्टु मिन्टु लण्डनमा’ सम्म एकै प्रकारको शहरिया युवतीको भूमिका निभाउदै आएकी छिन् । उनको नयाँ फिल्म ‘रातो टिका निधारमा’ मा उनी एकल महिलाको भूमिकामा रहेको चर्चा चलेको छ । यस वर्ष प्रदर्शनमा आउने उनको दुई फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’ साम्राज्ञीलाई पहिलो पटक फरक भूमिकामा देख्न पाइने भएको छ ।

निर्माण टिमले भने उनको यस फिल्ममा रहेको भूमिकाको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । यो फिल्मलाई लिएर साम्राज्ञी निकै उत्साहित देखिन्छिन् । फिल्म यही भदौ १३ मा रिलिज हुने भएको छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्मात्री पुनम गौतमको निर्माण रहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी र पुष्प बाहेक रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मका सह–निर्मातामा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । मित्र डि गुरुङको सम्पादन रहेको यस फिल्मलाई संजय लामाले छायांकन गरेका हुन् । केहि साता अगाडी सार्वजनिक गरिएको फिल्ममा समावेश गरिएको ‘जाम्न माया जाम्न’ गीत अहिले निकै चर्चामा रहेको छ । दर्शकले पुष्पको नृत्यलाई खुब रुचाएका छन् ।

jackson ribon