birat ribon

सर्वाधिक गोल गर्ने खेलाडीमा सुनील क्षेत्री मेस्सीभन्दा अगाडि, रोनाल्डोभन्दा पछाडि

Neuro
सर्वाधिक गोल गर्ने खेलाडीमा सुनील क्षेत्री मेस्सीभन्दा अगाडि, रोनाल्डोभन्दा पछाडि

एजेन्सी,
भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई उछिनेका छन् । ३४ वर्षीय क्षेत्रीले सर्वाधिक गोल गर्ने खेलाडीको आधारमा चर्चित खेलाडी मेस्सीलाई पछि पारेका हुन् ।

cura insider

क्षेत्रीले इन्टरकन्टिनेन्टल कपअन्तर्गत आइतबार राति भएको खेलमा दुई गोल गरेसँगै सर्वाधिक गोल गर्ने रेकर्डमा मेस्सीलाई उछिनेका हुन् । ताजकिस्तानविरुद्धको खेलमा गोल गरेसँगै क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा ७० गोल पुर्याएका छन् । यद्यपि, ताजकिस्तानविरुद्ध खेल भने भारतले ४–२ गोलान्तरले हारेको थियो ।

तर, टिम हार्दा पनि सुनीलले महत्त्वपूर्ण उपलब्धी बनाए । यसअघि ६८ गोलका साथ मेस्सीभन्दा एक स्थान पछि रहेको सुनील अहिले भने मेस्सीभन्दा अगाडि आइपुगेका छन् । क्षेत्रीले भारतका लागि १०९औं खेल खेल्दै ७० गोल गरेका छन् ।

मेस्सीभन्दा क्षेत्रीले २७ खेल पनि कम खेलेका छन् । मेस्सीले १ सय ३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने क्षेत्रीले १ सय ९ खेल मात्रै खेलेका छन् । अहिलेसम्म मेस्सीले अर्जेन्टिनाका लागि ६८ गोल गरेका छन् ।

क्षेत्री सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । यस सूचीको सबैभन्दा सिरानमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले १ सय ५८ खेल खेल्दा ८८ गोल गरेका छन् ।

jackson ribon