birat ribon

धेरै बेरसम्म निहुँरेर मोबाइल चलाउनु बेफाइदा

Neuro
धेरै बेरसम्म निहुँरेर मोबाइल चलाउनु बेफाइदा

स्मार्ट फोन बोक्दैमा मान्छे पनि स्मार्ट देखिने भ्रमले हामीहरु यसको उचित प्रयोग गर्न नजान्दा जीवनमा धेरै समस्याहरु आइपरेका हुन्छ । हामीले साना साना कुराका लागि, मनोरञ्जनका लागि, समय कटाउनको लागि, मोबाइलको बढी प्रयोग गर्न थालेका छौं । हुदा हुदा हामी बाटोमा हिड्ने बेलामा कि त फोनमा कुरा गरिरहेका हुन्छौं कि गीत सुन्दै नत्र च्याट गरिरहेका हुने गर्छौं ।

cura insider

यसरी बाटोमा हिड्दा निउरेर धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा छेउ छाउको मान्छे तथा वातावरणमा वास्ता हुदैन । यसबाट बाटोमा हिडिरहेको मान्छे वा गाडी नदेखेर एकअर्कासँग ठोकिने खतरा, एक्सिडेन्ट हुने खतरा मात्र नभएर हाम्रो घाँटी, गर्दन तथा ढाडमा हानिकारक मात्रामा तौलको सृजना गरेर नकारत्मक असर पुर्याउने देखाएको छ । बैज्ञानिकहरुका अनुसार हामीले निहुरेर मोबाइल चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबरको तौल लिएर बस्नु बरावर हुने गर्छ ।

हाम्रो टाउकोको तौल ५ केजी जति भए पनि मोबाइल चलाउँदा निउरिने भएकोले उक्त २२ केजी थप भार थपेर २७ केजी बन्ने हुन्छ । अहिले स्मार्टफोनको कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गर्दा उनीहरुको घाँटी र ढाडमा समस्या देखिन थालेको छन् । एकछिन फुर्सदको समय पाउदा जहाँ भएपनि मानिसहरु आफ्नो मोबाइल निकालेर सुरु हुन थाल्ने गर्छन् ।

हाम्रो घाटी तथा ढाडमा धेरै भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने समस्याहरु देखा पर्न थाल्छन् । मोबाइलको धेरै प्रयोगले कमजोरी, आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, थायराइडको समस्या, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, तनाब, डिप्रेशन, मोटोपन, मस्तिष्कको ट्युमर, मस्तिष्कको क्यान्सर आदी जस्ता गम्भीर रोग लाग्न सक्दछ ।

विभिन्न अनुसन्धानका अनुसार मोबाइल फोनमा दुई मिनेट मात्र गरेको कुराकानीले पनि हाम्रो मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्याउने देखाइएको छ । हामीले लामो समयसम्म निहुरेर मोबाइल नचलाएर समय समयमा आफ्नो कुमले कान छुने गर्दन र टाउकालाई सहज हुने व्यायाम गर्नु पर्छ ।

jackson ribon