birat ribon

मेस्सीलाई दुई वर्ष प्रतिबन्ध लाग्न सक्ने !

Neuro
मेस्सीलाई दुई वर्ष प्रतिबन्ध लाग्न सक्ने !

एजेन्सी,
कोपा अमेरिका कपअन्तर्गत चिलीविरुद्धको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दक्षिण अमेरिका फुटबल महासंघलाई भ्रष्ट संस्था भनेका अर्जेन्टिनाका कप्तान लियोलन मेस्सीमाथि दुई वर्षको प्रतिबन्ध लाग्ने खतरा बढेको छ ।

cura insider

तेस्रो स्थानका लागि भएको खेलको ३७औं मिनेटमा चिलीका कप्तान ग्यारी मेडेलसँग झगडा गरेपछि मेस्सीले रातो कार्ड खाएका थिए । करिअरकै दोस्रो रातो कार्ड खाएर मैदान बाहिरिएका उनले खेलपछि पत्रकारसँग कुरा गर्दै दक्षिण अमेरिकी फुटबल महासंघमाथि आक्रोश पोखेका थिए । उनले ब्राजिलले कोपा अमेरिका जित्न सेटिङ मिलाएको र दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको अभिव्यक्ति दिएका थिए ।

उनले आयोजकका साथै रेफ्रीहरूले पनि पक्षपाति निर्णय लिएको आरोप लगाएका थिए । यतिमात्र नभएर उनले अर्जेन्टिनाले हात पारेको तेस्रो स्थानको उपाधि लिन पनि अस्वीकार गरेका थिए । ३२ वर्षीय कप्तान मेस्सीले मिडियासँग ब्राजिलले कोपा जित्न सेटिङ मिलाएको आरोप लगाएका थिए ।

मेस्सीको त्यस्तो अभिव्यक्तिलाई लिएर महासंघ उनलाई २ वर्षका लागि प्रतिबन्ध लगाउन सक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । स्पेनिस न्यूज पोर्टल एएसले जनाएअनुसार महासंघले मेस्सीको अभिव्यक्तिप्रति छानबिन गर्ने भएको छ ।

मेस्सीले नियमको खिल्ली उडाएको भन्दै महासंघले यसबारे कारबाहीको लागि छानबिन गर्न लागेको खबरमा जनाइएको छ । खबरका अनुसार यसै साताभित्रै उक्त अभिव्यक्तिको विषयलाई लिएर बैठक बसिनेछ । महासंघले मेस्सीको अभिव्यक्ति छानबिन गरी विवरण पेश गर्नेछ । यसका लागि सरकारीस्तरबाट निर्णय लिइने पनि बताइएको छ ।

यदि, छानबिनमा मेस्सी दोषी देखिएमा उनीमाथि दुई वर्ष प्रतिबन्ध लाग्ने छ । त्यसो भएमा, मेस्सीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका छनौट खेल गुमाउनेछन् । त्यतिमात्र नभएर उनले सन् २०२० मा अर्जेन्टिना र कोलम्बियामा हुने कोपा अमेरिका कप गुमाउने छन् ।

jackson ribon