birat ribon

गुडिरहेको बस सडकबाट ५० फिट तल खस्दा २७ जनाको ज्यान गयो

Neuro
गुडिरहेको बस सडकबाट ५० फिट तल खस्दा २७ जनाको ज्यान गयो

भारत,
उत्तरी भारतमा गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खस्दा २७ जनाको ज्यान गएको छ । सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ ।

cura insider

उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ । आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गरेका छन् ।

उनले २७ जनाको घटनास्थलमै निधन भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पु¥याइएको जानकारी दिएका छन् । गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उनले जानकारी दिए । उनका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै ज्यान गएको थियो । रासस

jackson ribon