fbpx

खाँदा मीठो भएपनि शरीरको लागि हानिकारक चिनी

चिनी, हाम्रो भान्सामा सजिलै पाइने बस्तु हो । चिनीलाई चियामा, सर्वतमा, गुलियो परिकार पकाउदा वा तरकारीमा समेत स्वादमा राख्ने गरिन्छ । चिनीको सेवनले हाम्रो शरीरलाई फाइदा भने पुर्याउने गर्दैन । यसको सेवनले फाइदा भन्दा पनि बेफाइदा धेरै पुराउने गरेको हुन्छ । मधुमेहका समस्या भएका व्यक्तिहरुले त चिनीबाट टाढा नै बस्नु पर्छ ।

चिया, दुध तथा विभिन्न पेय पदार्थलाई चिनी हालेर पिउने गरिन्छ र यसलाई खाएपछि हामीले तत्काल हामीलाई उर्जा, शरीरमा विभिन्न खालको शक्ति उत्पन्न भएको महसुस हुने गर्छ । त्यसैले, हामी भोकाएको बेला वा धेरै बल लाग्ने काम गर्नु अगाडी वा गरिसके पछि गुलियो खाने गर्छौं । तर, तत्काल शक्ति प्रदान गर्ने गुलियोको सेवनले हामीलाई केहि छिन पछि शरीर अल्छि, थकान लागेको जस्तो अनुभव हुने गर्छ ।

दैनिक धेरै चिनीको प्रयोग गर्दा रगतमा इन्सुलिनको मात्रा बढ्ने गर्छ र उच्च रक्तचाप, कोलस्ट्रोल तथा मधुमेहको जोखिम बढ्छ । हाम्रो रगतमा चिनीको मात्रा धेरै देखिन थालेपछि हाम्रो दिमागले गर्ने कामहरु सुस्त हुन जान्छ र हामीलाई अल्छि लागेको महसुस हुन्छ । मस्तिस्कको बिकाशलाई अवरुद्ध गरेर स्मरण शक्ति घटाउने गर्छ जसले गर्दा हामी सानो सानो कुराहरु पनि छिट्टै बिर्सिने गरिरहेका हुन्छौं ।

नियमित चिनीको अत्यधिक सेवनले हाम्रो दिमागलाई लठ्ठ बनाउनुका साथै हाम्रो मस्तिष्कमा खराब असर पार्ने र हाम्रो दिमाग सुस्त हुने हुन्छ । धेरै चिनी खाने व्यक्तिलाई भोक लागि रहन्छ । धेरै भोक लाग्दा मानिसले धेरै खाने गर्दा छिट्टै मोटोपनको सिकार हुन पुग्छ । चिनीको सेवनले छालामा समेत गम्भिर असर पर्न जान्छ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा प्रष्ट देखा पर्न थाल्छ ।

बढी गुलियो खाँदा हाम्रो छाला सुख्खा भएर चमक हराउदै जान्छ र, अनुहारमा दाग देखिनुका साथै वास्तविक उमेरभन्दा बढी देखिन थालिन्छ । धेरै चिनी खाँदा मुड निराश र चिन्तित हुने गर्छ भने यसले मानिसलाई बढी आक्रमक र छिट्टै रिसाउने बनाउँछ । डिप्रेसन र चिन्ताको साथ साथै यसको सेवनले आँखालाई धमिलो समेत बनाउँछ ।

चिनी दाँतका लागि एकदम हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण भनेको चिनी हो । चिनीले हाम्रो शरीरमा भएको प्रतिरोधात्मक शक्तिलाई दबाएर हामीलाई दीर्घकालिन रोगको सम्भावना बढाउने गर्छ । धेरै चिनीको नियमित सेवनले हाम्रो शरीरमा इन्सुलिनको मात्रा बढाएर प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने सम्भावना देखाउछ ।

प्रतिक्रिया

16 + three =

Loading...