birat ribon

कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी चुनिएका अलाभेसले बनाए यस्तो रेकर्ड

Neuro
कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी चुनिएका अलाभेसले बनाए यस्तो रेकर्ड

एजेन्सी,
४६औं संस्करणको कोपा अमेरिका कपको ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’को उपाधि ब्राजिलका कप्तान ड्यानी अलाभेसले जितेका छन् । कोपा अमेरिकामा आफ्नो टोली ब्राजिलको नेतृत्त्व गरेका अलाभेस यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

cura insider

फाइनल खेलमा पेरुलाई हराउँदै उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका ३६ वर्षीय अलाभेसले आफ्नो करिअरको ४०औं उपाधि जिते । यस उपाधि पाएसँगै उनले व्यवसायीक करिअरमा ४०औं उपाधि जित्ने उनी पहिलो फुटबलर समेत बनेका छन् ।

सेमिल्ला, बार्सिलोना, युभेन्टस र पीएसजीबाट व्यवसायीक फुटबल खेलेका उनले आफ्नो करिअरमा ३ च्याम्पियन्स लिग, ६ ला लिगा र ५–५ पटक स्पेनिस कप तथा स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

इटालियन क्लब युभेन्टसमा रहँदा १ पटक सिरी ए र १ पटक इटालियन कपको उपाधि जितेका थिए । यसैगरी, उनले २ वटा युइएफए कप, ४ वटा युइएफए सुपर कप, २ वटा कोपा अमेरिका र २ कन्फिडरेशन कपको उपाधि पनि जिते ।

jackson ribon