birat ribon

यस्तो बन्यो ‘साहो’को पहिलो गीत (भिडियोसहित)

Neuro
यस्तो बन्यो ‘साहो’को पहिलो गीत (भिडियोसहित)

विराटनगर,
‘बाहुबली’ स्टार प्रभासको आगामी फिल्म ’साहो’को पहिलो गीतको फर्स्ट लूक तथा गीत सार्वजनिक भएको छ । प्रभास आफैंले आफ्नो औपचारिक सामाजिक सञ्जाल इन्सटाग्राम मार्फत गीतका आफ्नो र श्रद्धाको दुई पोस्टर सार्वजनिक गरेका छन् भने गीतलाई युत्युब मार्फत सार्वजनिक गरिएको छ ।

cura insider

सार्वजनिक गरिएको पोस्टरहरुमा प्रभास र श्रद्धालाई निकै राम्रो देखिएको छ । पोस्टरमा ’साइको सैयाँ’ लेखिएको छ भने हेर्दा यो डिस्को गीत जस्तो देखिन्छ ।

यी दुई पोस्टर सार्वजनिक गर्दै प्रभासले साहोको पहिलो गीत ’द साइको सैयाँ’को टीजर छिट्टै आउँने खबर आफ्नो फ्यानहरुलाई दिएका छन् भने अहिले गीत पनि सार्वजनिक भइसकेको छ । उक्त गीतलाई ध्वनी भानुशालीले गाएकी छिन् भने तनिश्क बग्चीले गीतको शब्द तथा संगीत भरेका छन् । उक्त गीतलाई ४ ओटा भाषामा गाईएको छ । यसरी ४ ओटा भाषा तमिल, तेलुगु, हिन्दी र मलायालममा गाइएको यो पहिलो गीत हो ।

फिल्मको यो गीत छिट्टै सार्वजनिक हुने भएको छ । निर्देशक सुजितको निर्देशनमा तयार भएको फिल्म ’साहो’मा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज गायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्ममा निकै खतरा एक्सन सिनहरु दिएकी श्रद्धाले पुलिसको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् । करिव ३०० करोड भारूको लगानीमा निर्माण हुने भएको यस सिनेमालाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ भने फिल्म तेलुगू, तमिल र हिन्दीमा रिलिज हुने भएको छ । अगस्त १५ तारिख स्वतन्त्रता दिवस अर्थात् साउन ३० गते फिल्म प्रदर्शन हुने भएको छ । एक्सनमा आधारित रहेको फिल्मको ट्रेलर रिलिज भएसंगै दर्शकहरु यस फिल्मको लागि निकै उत्साहित रहेका छन् ।

https://youtu.be/Pn_qzr2yN2k

jackson ribon