birat ribon

उपाधि जितेपछि ब्राजिलका प्रशिक्षक भने, ‘मेस्सीले हार स्वीकार्नु पर्छ’

Neuro
उपाधि जितेपछि ब्राजिलका प्रशिक्षक भने, ‘मेस्सीले हार स्वीकार्नु पर्छ’

एजेन्सी,
४६औं संस्करणको कोपा अमेरिकाका कपको विजेता टोली ब्राजिलका प्रशिक्षक टिटेले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले हार स्वीकार्नु आवश्यक रहेको बताएका छन् । सेमिफाइनलमा हारेपछि ब्राजिलले कोपा अमेरिकाको सेटिङ मिलाएको भन्ने अभिव्यक्ति दिएका मेस्सीलाई टिटेले यस्तो बताएका हुन् ।

cura insider

मेस्सीले चिलीविरुद्धको खेलमा आफूलाई अनावश्यकरूपमा रातो कार्ड दिएको भन्दै ब्राजिलले कोपा अमेरिकाको सेटिङ मिलाएको भन्ने अभिव्यक्ति दिएका थिए । उनै मेस्सीको विषयमा बोल्दै टिटेले भने, ‘खेलाडीले अरूको पनि सम्मान गर्नुपर्छ र हारेको खण्डमा हार स्वीकार गर्नुपर्छ ।’

उपाधि भिडन्तपछि पत्रकारसँगको कुराकानीमा टिटेले भने, ‘हामीले अर्जेन्टिनाविरुद्ध पूरा समय स्पष्ट खेलेका छौं । हामीलाई पनि केही खेलमा रेफ्रीद्वारा नोक्सान भएको छ । म इमान्दार छु, उनी (मेस्सी) आफ्नो प्रतिष्ठाका कारण एकदमै दबाबमा थिए ।’

टिटेले मेस्सीलाई चिलीविरुद्धको खेलमा दुखित देखेको बताएका छन् । उनले भनेका छन्, ‘चिलीविरुद्धको खेलमा मेस्सी दुखी थिए । उनले बीचमै खेल छोड्पर्यो । मेस्सीलाई अनुचित तरिकाले रातो कार्ड दिइयो, यसमा मेडेलले बढीमा पहेँलो कार्ड पाउनु पर्थ्यो।’

तेस्रो स्थानका लागि भएको खेलमा मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए ।

jackson ribon