birat ribon

मलेसियाविरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा

Neuro
मलेसियाविरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा

विराटनगर,
नेपाल एसीसी यू–१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

cura insider

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको उक्त खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको थियो । ८८ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकटेको क्षतिमा भेट्टायो ।

नेपालको जितमा भिम सार्कीले नटआउट ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अनटआउट ३१ तथा पवन सर्राफले १८ रन जोडे । मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए ।

त्यसअघि मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । मलेसियाका लागि मुहमद आमिरले २४ रन बनाउँदा हैकल मोहमद खेरले १२ तथा वान अमिरुलले ११ रन बनाए ।

यस जितसँगै साबिकको विजेतासमेत रहेको नेपालले फाइनलमा स्थान बनाएको छ । समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राखेको छ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराए थियो भने दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

अब नेपालले फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।

jackson ribon