birat ribon

‘आज नगद भोलि उधारो’ गीतमा आइटम डान्स गर्दै दीपाश्री, साथमा देखिए आर्यन

Neuro
‘आज नगद भोलि उधारो’ गीतमा आइटम डान्स गर्दै दीपाश्री, साथमा देखिए आर्यन

विराटनगर,
चलचित्र ’हजार जुनीसम्म’ को एक गीतमा चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो आइटम डान्स देखाउने भएकी छिन् । ‘आज नगद भोली उधारो’ बोलको गीतमा दीपासंगै फिल्मका मुख्य अभिनेता आर्यन सिग्देललाई पनि नाचेको देख्न पाइने भएको छ ।

cura insider

आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक भएको छ भने गीतलाई छिट्टै निर्माण टिमले सार्वजनिक गर्ने भएका छन् । सार्वजनिक गरिएको केहि तस्वीरमा आर्यन र दीपालाई नयाँ लुक्समा डान्स गरिरहेको देख्न सकिन्छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको ‘आज नगद भोली उधारो’ बोलको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । उक्त गीतमा नायिका स्वस्तिमा खड्का, नव नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसीलाई पनि देख्न सकिनेछ ।

फिल्म ‘हजार जुनी सम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् भने निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधान लगायत कलाकारहरुको अभिनय रहेको छ ।

साउन ३० मा रिलिज हुन लागेको बहुबाली अभिनेता प्रभासको बलिउड चलचित्र ‘साहो’को कारणले ‘हजार जुनी सम्म’को प्रदर्शन मितिलाई एक साता पछि सारिएको छ । यो चलचित्रले एक साता पछाडी सर्दै भदौ ६ मा प्रदर्शन हुने भएको छ, भने अब बक्स अफिसमा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका भएको मार्सल आर्ट्स कथामा आधारित फिल्म ‘जाइरा’सँग भिडन्त हुने पक्का भएको छ ।

jackson ribon