birat ribon

स्वस्तिमाले जितिन् सार्क फिल्म फेस्टिभलमा अवार्ड

Neuro
स्वस्तिमाले जितिन् सार्क फिल्म फेस्टिभलमा अवार्ड

काठमाडौं,
श्रीलंकामा आयोजना भएको ‘दी सार्क फिल्म फेस्टिभल २०१९’ मा गत वर्ष प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको फिल्म ’बुलबुल’ ले अवार्ड पाएको छ । २ जुलाईमा देखि ७ जुलाईसम्म आयोजित फेस्टिभलमा फिल्म ‘बुलबुल’ले सार्क फिल्म फेस्टिभलमा प्रदर्शन हुने अवसर पाएको थियो ।

cura insider

यो फिल्ममा एक टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी स्वस्तिमाले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन् । स्वस्तिमाले आफ्नो फिल्मी करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । अवार्ड जितेपछि उनले आफ्नो फेसबुक मार्फत् आफ्ना फ्यानहरुसंग आफ्नो तस्विर सार्वजनिक गर्दै खुशी साटेकी छिन् । उनले ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड ’बुलुबल’ टिमलाई समर्पित गरेकी छिन् ।

स्वस्तिमाले अवार्ड जितेपछि पहिलो अवार्ड नै अन्तर्रा्ष्ट्रिय पाएँकोमा आफु एकदमै खुशी भएको ब्यक्त गरिन् । अवार्ड पाउँदा आफूले देशलाई सम्झिएको र उक्त अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा दिएको उनले बताएकी छिन् । प्राय शहरकी युवतीको भूमिका निर्वाह गर्दै आएकी स्वस्तिमाले ’बुलबुल’ फिल्मबाट आफनो उक्त इमेजलाई तोडेर उनि सफल भएकी छिन् ।

फिल्म उक्त सार्क फेस्टिवलमा छानिए संगै स्वस्तिमासहित बुलबुल फिल्मको निर्माण टिम गत साता श्रीलंका गएका थिए । बुलबुल’सँगै अर्को नेपाली फिल्म ’प्रसाद’ र ’हरि’ पनि फेस्टिवलमा प्रदर्शनको लागि छानिएका थिए ।

jackson ribon