birat ribon

फिफा महिला विश्वपकको उपाधि अमेरिकालाई, नेदरल्याण्ड स्तब्ध

Neuro
फिफा महिला विश्वपकको उपाधि अमेरिकालाई, नेदरल्याण्ड स्तब्ध

विराटनगर,
फ्रान्समा सम्पन्न आठौं संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । महिला विश्वकपमा सर्वाधिक सफल टोली अमेरिकाले आइतबार राति भएको फाइनल खेलमा नेदरल्याण्डलाई हराउँदै उपाधि जितेको हो ।

cura insider

लियोनमा भएको फाइनल खेलमा अमेरिकाले नेदरल्याण्डलाई २–० गोलले हराएको हो । अमेरिकाको जितमा मेगान रापिनोई र रोज लाभिल्लेले समान एक–एक गोल गरिन् । सो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा अमेरिकाले दुई गोल गर्यो । उसका लागि मेगानले खेलको ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरिन् । त्यसको आठ मिनेट नबित्दै रोजले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाइन् । उनले खेलको ६९औं मिनेटमा रोजले गोल गर्दै अमेरिकालाई २–० को जित दिलाइन् ।

यस जितसँगै अमेरिकाले कीर्तिमानी चौंथोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ । साबिकको विजेतासमेत रहेको अमेरिकाले १९९१, १९९९ र २०१५ गरी तीन पटक उपाधि जितिसकेको छ ।

नेदरल्याण्डले भने एकपटक पनि महिला विश्वकपको उपाधि जित्न सकेको छैन । पहिलो पटक फाइनलमा स्थान बनाएको नेदरल्याण्डको उपाधि जित्ने सपना साकार भएन ।

jackson ribon