birat ribon

विषदीयुक्त तरकारी रोक्ने निर्णय फिर्ता बारे संसदलाई जवाफ दिन सभामुखको रुलिङ

Neuro
विषदीयुक्त तरकारी रोक्ने निर्णय फिर्ता बारे संसदलाई जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सभाको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद उठेर विरोध जनाएपछि सभामुख महराले दुवै दलका सांसदलाई बोल्ने समय दिएका थिए ।

cura insider

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका बालकृष्ण खाँण र राजपाका सांसद प्रमोद साहले सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिए आगामी बैठक रोक्न बाध्य हुनुपर्ने बताए । दुवै सांसदले बोलिसकेपछि सभामुख महराले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेपछि प्रतिनिधिसभाको आजको बैठक सञ्चालन भएको थियो ।

jackson ribon