birat ribon

निरन्तर कुर्सीमा बसेर काम गर्नाले निम्तिन सक्छ विभिन्न स्वास्थ्य समस्याहरू

Neuro
निरन्तर कुर्सीमा बसेर काम गर्नाले निम्तिन सक्छ विभिन्न स्वास्थ्य समस्याहरू

हामीले कार्यालयमा घण्टौ बसेर काम गर्दा प्रायः हामीलाई ढाड दुःख्ने तथा कम्मर दुख्ने समस्याले दुख दिन थाल्छ । यस्तो अवस्थामा शरीरको माँसपेशीहरु, हाडहरु, तंत्रिका, जोर्नीहरु या रिढको संरचनामा पीडा महसुस हुन्छ । यस्तो स्थितिमा हाम्रो घाँटी, ढाडको माथिल्लो र तल्लो भागमा पीडा सुरु हुन थाल्छ । यस्तो समस्याले दुख दिन सुरु गरेपछि हामीले हाम्रो काममा ध्यान दिन पनि गार्हो हुने गर्छ ।

cura insider

हामीले अफिसमा काम गर्ने बेलामा कुर्सीमा गलत तरिकाले बस्दा ढाड, कम्मर, तिघ्रा, खुट्टा लगायतमा दुख्ने मात्र नभई हामीलाई अन्य जटिल शारीरिक समस्या समेत उत्पन्न हुने गर्छ । ढाडलाई सिधा राख्ने कुर्सीको प्रयोग गर्नु पर्छ। हामीले लगातार २० देखि ३० मिनेट भन्दा बढी कुर्सीमा बसिरहँदा हाम्रो शरीरमा नकारात्मक असर पर्नुका साथै शरीरमा विभिन्न नसर्ने रोग उत्पन्नभएर हाम्रो आयुलाई समेत प्रभावित पार्ने हुन्छ ।

उभिने व्यक्तिका तुलनामा लामो समयसम्म बसिरहने व्यक्तिहरुलाई मोटोपना, कोलेस्टेरोल, मधुमेह तथा मुटुसम्बन्धी रोग हुने सम्भावना दोब्बर भएको देखिन्छ । लगातार लामो समय सम्म बसिरहदा रगतमा भएको इन्सुलिनको स्तर २४ प्रतिशत, राम्रो कोलेस्ट्रोलको स्तर २० प्रतिशत र बोसो कम गर्ने इन्जाइम ९० प्रतिशतले घट्दै जान्छ र हामीलाई मधुमेहको तथा मोटोपनाको समस्याले पकड्न सक्छ ।

कार्यालयमा निरन्तर एउटा मुद्रामा कुर्सीमा बस्ने क्रममा हाम्रो शरीर सक्रिय नहुदा तथा शारीरिक ऊर्जाको प्रयोग नहुदा शरीरमा रक्तप्रवाह राम्ररी नहुनुका साथै शरीरको विभिन्न अंगले आफ्नो लयमा काम गर्न पाउँदैन र हामीमा बुढयौली प्रक्रिया पनि छिटो सुरु हुने गर्छ । दिनभरी ८ देखि ९ घण्टा कुर्सीमा बसेरै काम गर्नुपरे पनि हरेक आधा घण्टामा दुई तीन मिनेटको लागि आफ्नो टेबलको वरिपरि हिँड्ने गर्नु पर्छ ।

फाइल निकाल्न होस्, पानी पिउन होस्, टोइलेट जान होस्, शरीरमा हल्का क्रियाकालाप हुने साना कामहरू गरि रहनु पर्छ । निरन्तर ६ घण्टा वा त्यो भन्दा बढी समयसम्म बसेर काम गर्ने व्यक्तिहरूलाई हृदयाघात, क्यान्सर, मधुमेह लगायतका हाड, जोर्नी, तथा मांसपेशी सम्बन्धी विभिन्न रोग हुने सम्भावना धेरै देखिएको छ ।

jackson ribon