birat ribon

मापसे चेकिङ गर्न नमानेपछि मार्सेलो प्रहरीको फन्दामा

Neuro
मापसे चेकिङ गर्न नमानेपछि मार्सेलो प्रहरीको फन्दामा

एजेन्सी,
स्पेनिस महारथी रियल मड्रिडका स्टार खेलाडी मार्सेलो पछिल्लो समय छुट्टी मनाइरहेका छन् । आफ्नै भूमिमा कोपा अमेरिका कप आयाजेना भइरहेता पनि मार्सेलो अहिले ब्राजिलकै शहर रियो डी जेनेरियोमा आफ्नो छुट्टि मनाइरहनमा व्यस्त छन् ।

cura insider

४६औं संस्करणको कोपा अमेरिकाका लागि ब्राजिलियन राष्ट्रिय टोलीमा पर्न असफल रहेपनि उनी छुट्टि मनाउनमा व्यस्त रहेका हुन् । तर, यसै छुट्टिका क्रममा मार्सेलोको सवारी चालक अनुमति पत्र खोसिएको छ ।

अन्र्तराष्ट्रिय मिडियाका अनुसार मार्सेलोले मापसे चेकिङ गर्न नमानेपछि उनको लाइसेन्स खोसिएको हो । खबरका अनुसार रियो डी जेनेरियो शहरमा आफ्नो छुट्टिमा मस्त रहेका उनले ब्रेथलाईजिङ टेस्ट गर्न नमानेपछि उनको लाइसेन्स प्रहरीले लिएको हो ।

गत सोमबार राति मार्सेलोलाई प्रहरीले चेकपोइन्टमा रोकेको थियो । र, उनलाई प्रहरीले मापसे चेकिङकका क्रममा सास फेर्न लगाइएको थियो । तर, मार्सेलोले मापसे चेकिङ गर्न अस्वीकार गर्दै बरु जरिमाना तिर्न आफू तयार भएको बताएका थिए ।

उनले ६ सय ७५ युरो तिर्न आफू तयार रहेको तर मापसे चेकिङ नगर्ने बताएपछि प्रहरीले मिडियालाई जानकारी गराउँदै उनको लाइसेन्स खोसेको स्पेनिस मिडिया एएसले जनाएको छ । यसका साथै मार्सेलोलाई ब्राजिलमा एक वर्ष सवारी चलाउन प्रतिबन्धसमेत लगाइएको बताइएको छ ।

यद्यपि, उनले मापसे गरेको या नगरेको बारेमा केही जानकारी आएको छैन ।

jackson ribon