birat ribon

‘जात्रै जात्रा’ले मनायो ५१ दिन, श्वेता श्री फाउण्डेशनलाई १ लाख रुपैयाँको चेक

Neuro
‘जात्रै जात्रा’ले मनायो ५१ दिन, श्वेता श्री फाउण्डेशनलाई १ लाख रुपैयाँको चेक

काठमाडौं,
प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म ”जात्रै जात्रा” ले हिजो प्रदर्शनको ५१ दिन पुरा गरेको छ । हिजो राजधानीका सातवटा सिंगल र मल्टीप्लेक्स हालमा प्रदर्शनको ५१ दिनको यात्रा पार गर्दै निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, कलाकार रविन्द्र झा, नायिका बर्षा राउत लगायतका उपस्थितमा केक काटेर फिल्म प्रदर्शनको सेलिब्रसन गरेका छन् ।

cura insider

साथै फिल्मको निर्माण टिमले पहिले घोषणा गरेअनुरुप सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्नका लागि श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । फिल्मको ५१ दिने सफलताको लागि आयोजना गरिएको पार्टीमा निर्माण टिमले अभिनेत्री श्वेता खड्कालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेका छन् ।

फिल्मको प्रचार प्रसारको क्रममा को बन्छ करोेडपति ? मा पुगेका अभिनेता विपिन कार्की र दयाहाङ राईले जितेको सम्पूर्ण रकम श्वेता श्री फाउण्डेशनलाई प्रदान गर्ने निर्माण टिमले घोषणा गरेको थियो । तर, विपिन र दयाहाङले १० हजारभन्दा बढी जित्न सकेका थिएनन् र त्यसमा निर्माण टिमले एक लाख १ हजार १ सय ११ थप गरेर उक्त फाउण्डेशनलाई हस्तान्तरण गरेको छ ।

’जात्रा’ सिनेमा हिट भएपछि ’जात्रै जात्रा’को निर्माण गरिएको हो । ’जात्रै जात्रा’ चलचित्र ’जात्रा’को सिक्वेल रहेको छ । ’जात्रै जात्रा’को अर्को सिक्वल बन्ला कि नबन्ला भन्ने प्रश्नमा निर्देशक प्रदीपले फिल्मको दोस्रो पार्ट जहाँ बाट अन्त्य भएको तेस्रो पार्टमा त्यहि बाट सुरु भएर अन्त्य भएको ले अब सिक्वल नबन्ने कुरा बताए पनि दर्शकले चाहेमा फिल्मको सिरिज बन्न सक्ने उनले थपेका छन् ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, दयाहाङ राई, राजाराम पौडेल, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मले अस्ट्रेलियामा समेत राम्रो व्यापार
गरेको थियो ।

jackson ribon