fbpx

‘भूतको फिल्म’ हेर्दा हलमै एक जनाको ज्यान गयो

एजेन्सी,
हरर जनरामा आधारित रहेको फिल्म ‘एनाबेल रिटर्नस होम’ जुन २८ मा रिलिज भएको थियो । यो हरर मुभि हेर्दा हेर्दै थाइल्याण्डमा एक जना व्यक्तिको मृत्यु भएको छ । थाइल्याण्डमा विदा मनाउन भनि गएका ७७ वर्षीय ब्रिटिसका बर्नार्ड च्यानिङ नाम गरेका ब्यक्तिको हरर फिल्म ‘एनाबेल कम्स होम’ हेर्दा हेर्दै मृत्यु भएको हो ।

बर्नार्डले बिदामा रमाइलो गर्ने सोच लिएर जुलाई ३ का दिन ‘एनाबेल कम्स होम’ हेर्ने निर्णय गरेका थिए । तर, फिल्म सकेपछि हलमा बत्ती बाल्दा ती व्यक्ति उनकै सिटमा मृत अवस्थामा देखिएका थिए । सुरुमा उनको पल्लो सिटमा रहेकी महिलाले उनलाई मृत अवस्थमा देखेकी थिइन् । महिलाले उनलाई मृत देखे पछि सबैलाई खवर गरेर आपतकालिन सहयोगलाई बोलाएकी थिइन् ।

तर, त्यहाँ का डाक्टरले ति व्यक्ति हलभित्रै मरिसकेका बताईयो र त्यसकारण उनको शवलाई एम्बुलेन्समा राखेर अनुशन्धानको लागि लगियो । उनलाई सुरुमा मृत अवस्थामा देखेकी महिलाले घटनालाई स्पस्ट पर्दै हलका स्टाफहरु निकै सजग थिए, मान्छेहरु पनि सबै चकित परेका थिए र हामीलाई उहाको फोटो खिच्न मनाही गरिएको उनले बताएकी थिइन् ।

एक विदेशी मानिसले कसरी हलमा फिल्म हेर्ने क्रममा ज्यान गुमाउन पुगे भन्ने विषयमा कुनै अनुसन्धान हुदै छ । डक्टर र प्रहरीको अनुसन्धान पछि मात्र सबै रहस्य खुल्ने ब हयेको छ । तर, अहिले सम्म मृत्युको कारण भने पत्ता लागिसकेको छैन् । यो हत्या जस्तो कुनै पनि प्रकारले नदेखिएको र फिल्म डरलाग्दो भएर हृदयघातका कारण अकलमै ज्यान जान सकेको अनुमान लगाइएको छ ।

Loading...