birat ribon

‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक (भिडियोसहित)

Neuro
‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर,
फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजको अफिसियल टिजर सार्वजनिक भएको छ । ‘कबड्डी कबड्डी कबड्डी’ को अफिसियल टिजरलाई युत्युब मार्फत सार्वजनिक गरिएको हो । निर्माण टिमले तिजको अवसर पारेर भाद्र १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै १ मिनेट २९ सकेण्ड छोटो टिजर सार्वजनिक गरेको छ ।

cura insider

सार्वजनिक गरिएको टिजरमा फिल्म ’कबड्डी’ कोदोस्रो पार्ट जहाँ अन्त्य गरिएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु भएको देख्न सकिन्छ । टिजरमा फिल्मका मुख्य कलाकारहरुलाई मात्र देखाइएको छ । अभिनेत्री उपासना सिंह ठकुरी र दयाहाङको प्रेम र रोमान्सलाई अन्तिममा एक दृश्यले भने कन्फ्यूज बनाउन सक्छ ।

स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुने यस फिल्ममा दयाहाङ, उपासना संग अभिनेत्री रिश्मा गुरुङ, अभिनेता कर्मा, माओत्से गुरुङ, पुस्कर गुरुङ, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यसको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्रलाई निमेश श्रेष्ठले फिल्म सम्पादन गर्दै छन् । फिल्मको छायांकन सकिएको छ भने फिल्मको पोस्ट प्रदक्सनको काम सुरु भएको छ ।

jackson ribon