birat ribon

फिफा महिला विश्वपकको फाइनल आज, उपाधिका लागि अमेरिका र नेदरल्याण्ड भिड्दै

Neuro
फिफा महिला विश्वपकको फाइनल आज, उपाधिका लागि अमेरिका र नेदरल्याण्ड भिड्दै

विराटनगर,
फ्रान्समा जारी आठौं संस्करणको फिफा महिला विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुने उपाधि भिडन्तमा नेदरल्याण्ड र अमेरिका प्रतिस्पर्धामा छन् ।

cura insider

लियोनमा हुने उक्त फाइनल खेलमा अमेरिका र नेदरल्याण्ड दुवै एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । साबिकको विजेतासमेत रहेको अमेरिका महिला विश्वकपको सफल टोली हो । उसले १९९१, १९९९ र २०१५ गरी तीन पटक उपाधि जितिसकेको छ ।

यसैगरी नेदरल्याण्डले भने एक पटक पनि महिला विश्वकपको उपाधि जित्न सकेको छैन । पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको नेदरल्याण्ड यसपटक अमेरिकालाई हराउँदै उपाधि जित्न चाहान्छ ।

नेदरल्याण्डले सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने अमेरिका इंग्ल्याण्डलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

jackson ribon