birat ribon

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र पेरु भिड्दै, कसले मार्ला बाजी ?

Neuro
कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र पेरु भिड्दै, कसले मार्ला बाजी ?

विराटनगर,
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपको उपाधि भिडन्त भोलि (सोमबार) बिहान हुँदैछ । नेपाली समयअनुसार भोलि बिहान १ः४५ बजे हुने उपाधि भिडन्तमा आयोजक राष्ट्र ब्राजिल र पेरुले खेल्दैछन् ।

cura insider

फाइनल खेल रियो डी जेनेरियोस्थित माराकाना स्टेडियममा हुनेछ । जहाँ, ब्राजिल र पेरुले एक–अर्काविरुद्ध जित निकाल्दै उपाधि जित्ने दाउमा हुनेछन् । आयोजक राष्ट्र ब्राजिल आफ्नै भूमिमा हुन लागेको उक्त खेलमा पेरुलाई पाखा लगाउँदै नवौं पटक उपाधि जित्ने योजनामा छ ।

उसले यसअघि ८ पटक यस अवार्डको उपाधि जितिसकेको छ । ब्राजिलले सन् १९१९, १९२२, १९४९, १९८९, १९९७, १९९९, २००५ र २००७ मा गरी आठ पटक यस प्रतियोगिताको उपाधि हात पारिसकेको छ । यता, पेरु भने तेस्रो पटक उपाधि चुम्ने योजनामा छ । पेरुले दुई पटक कोपा अमेरिकाको उपाधि जितिसकेको छ । उसले १९३९, १९७५ गरी दुई पटक उपाधि जितेको छ ।

पेरु ४४ वर्षपछि फाइनलमा पुगेको हो । जसका लागि पेरुले साबिकको विजेता चिलीलाई आफ्नो शिकार बनाएको थियो । यता, आज उसको प्रतिद्वन्द्वी बनेको ब्राजिलले भने पहिलो सेमिफाइनलमा अर्जेन्टिना जस्तो बलियो टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

आफ्ना स्टार खेलाडीहरू नेयमार, मार्सेलोबिना पनि खेलिरहेको आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिकामा उच्च प्रदर्शन गरिरहेको छ । ब्राजिलका स्टार नेयमार घाइते भइ टोली बाहिर छन् भने मार्सेलोले टोलीमा पर्न असफल रहेका थिए ।

यसैगरी ब्राजिलका अर्का स्टार विलियमले भने फाइनल खेल गुमाउने पक्का छ । अर्जेन्टिनाविरुद्धको खेलमा घाइते हुन पुगेका विलियमले उपाधि भिडन्त गुमाउने पक्का भइसकेको छ ।

jackson ribon