birat ribon

आयुष्मानले आफैंलाई ‘चुसेको आँप’ भनेर चिनाएपछि …

Neuro
आयुष्मानले आफैंलाई ‘चुसेको आँप’ भनेर चिनाएपछि …

काठमाडौं,
फिल्मको प्रदर्शन मिती नजिकिदै जादा फिल्मका कलाकार तथा निर्माण टिम फिल्मको प्रचार प्रसारको लागि अनेकौ उपायहरु अपनाएर व्यस्त हुने गर्छन् । प्रचार प्रसार गर्ने क्रममा असर २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘सानो मन’ को निर्माण टीमले प्रचार प्रसारका लागि विभिन्न उपायहरु अपनाउदै आएको छ ।

cura insider

यसबीच, शुक्रबार दिउँसो निर्माण टीमले राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको थियो । उक्त कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरु आयुष्मान , शिल्पा, सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङ तथा गायक रोहित जोन क्षेत्रीको उपस्थिति रहेको थियो । आयुष्मानलाई कार्यक्रममा भेट्ने र सेल्फी खिच्न चाहने युवतीहरु धेरै थिए ।

आफ्ना फ्यानहरुसँँग सेल्फी खिच्दै आयुष्मान, शिल्पा र सक्षमले फिल्ममा समावेश गरिएको गीत ‘रानु कम्मर’ मा नृत्य पनि गरेका थिए । फिल्मको बारेमा सोधिएको प्रश्नको सही उत्तर दिनेलाई ‘सानो मन’ को टिकट समेत प्रदान गरिएको थियो । गायक रोहितले पनि फिल्मको शिर्ष गीत गाएर सुनाएर दर्शकहरुलाई उत्साहित गराएका थिए ।

आयुष्मानले फिल्ममा शिल्पा र सक्षम र आफ्नो भूमिकाको बारेमा जानकारी दिदैआफूमाथि मजाक गर्ने हरुलाई गतिलो झटारो हान्दै ‘म चाहिँ ‘चुसेको आँप’ भन्दै आफुलाई परिचय गराएका थिए । सुन्नेहरुलाई रमाइलो हुने भएकोले उनको बोली नसक्किँदै सबै जना गलल हासेका थिए । हाँसोले सबै कुरा मन्द बनाए पनि उक्त ब्यङ्गमा लुकेको नमिठो आभास भने त्यो भोग्नेले मात्र अनुभव हुने गर्छ ।

म्यूजिकल लभ स्टोरीमा आधारित भएको यस फिल्ममा आयुष्मान, शिल्पा र सक्षमका साथ गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको नाम ‘सानो मन’ भए पनि ठूलो मन भएका व्यक्तिहरुले बनाएको भन्दै दर्शकहरुलाई फिल्म एकपल्ट हेरिदिन निर्माण टिमले आग्रह गरेका छन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मलाई काठमाडौं, भैरहवा, थाईल्याण्ड, हङकङ र मकाउमा छायांकन गरिएको हो । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरको सहकार्यमा निर्माण गरिएको फिल्मलाई आलोक शुक्लले छायांकन गरेका छन् भने सुयोग गुरुङ र मिलन श्रेष्ठले संयुक्त रुपमा मिलेर फिल्मलाई सम्पादन गरेका हुन् ।

jackson ribon