birat ribon

‘वास्तविक ‘गट’ रोनाल्डो हुन् मेस्सी होइनन्’

Neuro
‘वास्तविक ‘गट’ रोनाल्डो हुन् मेस्सी होइनन्’

एजेन्सी,
देशका लागि फित्तलो प्रर्दशन गरेको भन्दै पछिल्लो समय अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आलोचित छन् । क्लबका लागि उपाधिको चाङ लगाएको तर आफ्नो लागि केही गर्न नसकेको आरोपमा उनी आलोचनाको शिकार बनेका हुन् ।

cura insider

क्लब फुटबलमा प्रभावशाली मानिने ३२ वर्षीय मेस्सीको टोली अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका कपको तेस्रो भयो । गत संस्करणको कोपा अमेरिकामा उपविजेता बनेको अर्जेन्टिना यसपटक तेस्रो हुँदा थप विचलित भए ।

उनलाई लिएर उनीबाट अपेक्षित समर्थकहरूले ट्रोल गरिरहेका हुन्छन् । र, मेस्सीको प्रायः ट्रोलसँग उनका प्रतिद्वन्द्वी खेलाडी क्रिष्टियानो रोनाल्डोको नाम जोडिइरहन्छ । यी दुईलाई लिएर खेलाडी, समर्थक, प्रशिक्षक र समीक्षकले तुलना गरिरहेका हुन्छन् ।

यस्तै–यस्तैमा विभिन्न ट्रोलहरूको सिर्जना हुन्छ । यो ट्रेन्ड नै भएको छ । यस्तैमा कोपा अमेरिकाअन्तर्गत गए राति भएको चिलीविरुद्धको खेलमा रातो कार्ड खाएका मेस्सीमाथि अझ बढी ट्रोल भएको छ ।

विशेषगरी, रोनाल्डोका फ्यानहरूले यस्ता ट्रोलहरूको सिर्जना गरिहेको फक्स स्पोर्ट्स एशियाको ठम्याइ छ । उसले केही ट्रोलहरूलाई समावेश गरेको छ । केही ट्रोलरहरूले वास्तविक रूपमा मेस्सी नभइ रोनाल्टो ‘गट’ भएको उल्लेख गरेका छन् ।

https://twitter.com/windsofflight/status/1147605586709635072

हनिन् नाम एक ट्वीटर अकाउन्टबाट पोष्ट भएको छ, ‘३ वटा उपाधि जितेका रोनाल्डोको सबैभन्दा खत्तम सिजन । एउटा ला लिगा त्यैपनि टिममेटका कारण जितेका मेस्सीको उत्कृष्ट सिजन ? अझ, कोपा अमेरिकामा रातो कार्ड पनि । यो नै ‘गट’ हो ? बरु, वास्तविक गट त क्रिष्टियानो रोनाल्डो हुन् । यो स्पष्ट छ ।’

चार खेल खेल्दा मात्र एक गोल गरेपनि मेस्सी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्दा समर्थकले उनीबाट निकै आशा गरेका थिए । यसपटक चाँहि मेस्सीले कोपा अमेरिकाको उपाधि दिलाउँदै राष्ट्रका लागि केही गर्न सक्लान् भन्ने उनका समर्थकले सोचेका थिए । तर, यसअघि फाइनलसम्म पुग्दै आएको अर्जेन्टिना तेस्रो भएपछि उनी थप आलोचित बनेका हुन् ।

jackson ribon