birat ribon

हप्तामा ३ देखि ४ दिन एक गिलास रेड वाइन पिउनु स्वास्थ्यको लागि फाइदाजनक

Neuro
हप्तामा ३ देखि ४ दिन एक गिलास रेड वाइन पिउनु स्वास्थ्यको लागि फाइदाजनक

हामी सबैलाई थाहा छ, मदिरा सेवन गर्नु हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तर, वैज्ञानिकहरुले गरेको एक अनुसन्धानका अनुसार रेड वाइनले हाम्रो स्वास्थ्य स्तिथिमा सुधार ल्याउन मद्धत गर्छ भन्ने प्रमाणित नै गरेको छ । रेड वाइनलाई कालो अंङ्गुरबाट बनाउने गरिन्छ ।

cura insider

रेड वाइनमा आइरन, म्याग्नेशियम, भिटामिन’ बी ६’ र भिटामिन ’सी’, प्रोएन्थोसायनीडीन्स र रेस्वेराट्रोल जस्ता एक्टिभ एन्टीअक्सिडेन्ट जस्ता तत्वहरु भरपुर मात्रामा पाइने गर्छ । हप्तामा ३ देखि ४ पटक सम्म राति सुत्न अघि एक ग्लास वाइन पिउन सकिन्छ ।

तर, रोग निको गर्छ भन्दैमा चाहिने भन्दा धेरै मात्रामा वाइन पिएमा त्यसले हाम्रो शरीरमा नकारात्मक असर गर्ने गर्छ । यसले हाम्रो शरीरमा भएको खराब कोलेस्टेरोल लेभललाई घटाउँन मद्दत पुर्याउछ । यसले कोलेस्ट्रलाई कम गरेर स्ट्रोक तथा हृदयघात जस्ता मुटुको रोग लाग्ने सम्भावना पनि कम गराउछ ।

यसले हाम्रो तौल नियन्त्रण गर्नका लागि पनि मद्दत पुर्याउछ । यसको सेवनले हाम्रो इम्यूनिटी बढ्नुका साथै तनाव कम गर्ने र छालालाई चाउरी पर्नबाट जोगाएर हामीलाई जवान बनाइ राख्न मद्दत गर्छ । यसले हाम्रो छालालाई नरम र चम्किलो समेत बनाउछ ।

रेड वाइनले हाम्रो पाचन प्रक्रियालाई ठिक गरेर हाम्रो पेट सफा राख्नुका साथै विभिन्न पेट सम्बन्धि रोगहरुको निवारण पनि गर्दछ । यसले ब्लड कान्टीङ्गको समस्यालाई कम गर्नुका साथै मधुमेहको बिमारीको लागि पनि फाइदा पुर्याउने हुन्छ ।

रेड वाइनको सेवनले शरीरमा क्यान्सरको खतरालाई समेत कम गर्छ भने शरीरमा पैदा हुने क्यान्सरको कोशिकालाई बढ्ने आशंकालाई समेत कम गर्दछ । रेड वाइनको सेवनले हाम्रो स्मरण शक्तिलाई बढाएर हामीलाई राम्रो निन्द्रा ल्याउन मद्दत गर्दछ ।

jackson ribon