birat ribon

हातमा लगाइने रंगीबिरंगी चुराका यस्ता छन् फाइदा

Neuro
हातमा लगाइने रंगीबिरंगी चुराका यस्ता छन् फाइदा

विवाहित तथा अविवाहित महिलाहरुले समय र परिस्थिति हेरेर सधै आफुलाई मन पर्ने रंगीबिरंगी चूराहरु हातमा लगाएको देख्न सकिन्छ । रंगिबिरंगी चूरा लगाउनाले हाम्रो हातलाई राम्रो देखाउनुका साथै चूरा लगाउनाले हाम्रो स्वास्थ्यलाई समेतफाइदा पुग्ने हुन्छ ।

cura insider

यस विषयमा धेरै जना महिलाहरुलाई थाहा नहोला चूरा लगाउदा हाम्रो स्वास्थ्यमा के कसो फाइदाहरु पुग्न सक्छ भनेर । बजारमा पाइने विभिन्न रंगका चूराले आफ्नै छुट्टै महत्व बोकेको हुन्छ । धार्मिक, तथा सांस्कृतिक मान्यता अनुसार विभिन्न रंगले विभिन्न कुराको संदेश पनि दिएको हुन्छ ।

चूरा लगाउनाले नाडीको छालामा घर्षण हुने गर्छ जसकारण हाम्रो हातमा रक्तसन्चार बढ्ने गर्छ र हातभरि रगतको प्रवाह राम्रो संग हुने गर्छ । यस प्रकारको घर्षणले शरीरमा उर्जा पैदा गरी दिनभर काम गरेर हुने थकानलाई हाम्रो शरीरमा छिट्टै हावी हुन दिंदैन ।

हातको नाडीमा चूरा लगाउने गर्दा हामीलाई श्वास रोग तथा हृदय सम्बन्धि रोगहरुको सम्भावना कम भएर जान्छ । साथै, चूराले हाम्रो मानसिक सन्तुलनलाई पनि ठीक राख्न मद्दत गर्छ । धेरै जसो रातो रङ्गको र हरियो रङ्गको चूरा सबैभन्दा बढी फाइदाजनक मानिन्छ ।

रातो रंगलाई सौभाग्यको प्रतिक मानिन्छ र रातो चूराले महिलाहरुमा उर्जा र समृद्धि बढाउने काम गर्छ । हरियो रंगको चूराको प्रयोगले राम्रो भाग्यमा साथ दिने बिश्वाश गरिन्छ । हरियो रंगको चूरा धेरै जसो साउन महिनामा लगाएको देख्न सकिन्छ ।

अविवाहिताका लागी राम्रो वर पाउन, विवाहिताका श्रीमानको दीर्घायुको लागि हरियो चुरा लगाउने बिश्वाश छ । त्यस्तै, पहेलो चूराले खुशी, सेतोले नयाँ सुरुवात र सुन्तला रंगले सफलता बुझाउने गरेको हुन्छ ।

हामीले कहिले पनि फुटेको या चर्केको चूरा लगाउने गर्नु हुँदैन । यसले हाम्रो शरीरमा नकारात्मक उर्जा पैदा गर्ने काम गर्छ ।

jackson ribon