birat ribon

करिअरकै दोस्रो रातो कार्ड खाएपछि निराश भए मेस्सी, भने– ‘फुटलबले न्याय गरेन’

Neuro
करिअरकै दोस्रो रातो कार्ड खाएपछि निराश भए मेस्सी, भने– ‘फुटलबले न्याय गरेन’

एजेन्सी,
ब्राजिलमा जारी कोपा अमेरिका कपअन्तर्गत चिलीविरुद्धको खेलमा रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी निराश बनेका छन् । चिलीविरुद्ध जित निकाल्दा पहिलो हाफमै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका मेस्सी निराश हुँदै फुटबलले आफूलाई न्याय नगरेको बताएका हुन् ।

cura insider

खेलको ३७औं मिनेटमा चिलीका कप्तान गारी मेडेल र मेस्सीबीच झगडा भएको थियो । जसका कारण रेफ्रीले दुवै कप्तानलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । क्लब करिअरमा बार्सिलोनाका लागि कहिल्यै रातो कार्ड नखाएका मेस्सीले १४ वर्षपछि रातो कार्ड खाए । उनले सन् २००५ मा पहिलोपल्ट रातो कार्ड खाएका थिए । अन्तर्राष्ट्रिय डेब्यूमा रातो कार्ड खान पुगेका मेस्सीले १४ वर्षपछि पुनः राष्ट्रकै लागि दोस्रो कार्ड खाए ।

सो खेल मेस्सीको टोली अर्जेन्टिनाले २–१ गोलले जितेपनि उनी निराश छन् । किनकी, उनले आफ्नो करिअरकै दोस्रो रातो कार्ड खान पुगेका छन् । यस्तै उनी कोपा अमेरिकामा रेफ्रीको निर्णयप्रति सन्तुष्ट छैनन् ।

खेलपछि मेस्सीले कोपा अमेरिकाका कारण आफूहरू निराश बनेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी हाल्दै भनेका छन्, ‘फुटबलले हामीलाई न्याय गरेन ।’ हामी तेस्रो स्थान लागि जित निकाल्दै यो कोपा छोडेर जाँदैछौं । तेस्रो स्थानका लागि भएको खेलमा जित निकालेका हामले देश फर्किँदा शीर उच्च बनाएतापनि फुटबलले हामीलाई न्या गरेन ।’

‘यो फुटबल हाम्रा लागि उचित थिएन,’ उनले थप लेखेका छन्, ‘तर, हामीले जसरी खेल्यौँ ब्राजिलभन्दा राम्रो खेलेका थियौँ । हामी भोलि हुने फाइनलमा पुग्नका लागि योग्य थियौँ । तर, हामी आशावादी भइ अगाडि बढ्नुपर्छ किनकी हामीले भविष्यको खेललाई मध्यनजर गर्नुपर्छ ।’

https://www.instagram.com/p/Bzl54kBiKN5/?utm_source=ig_web_copy_link

jackson ribon