birat ribon

मेस्सीले भने- ‘कोपा अमेरिका ब्राजिलकै लागि बनेको हो’

Neuro
मेस्सीले भने- ‘कोपा अमेरिका ब्राजिलकै लागि बनेको हो’

एजेन्सी,
अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले कोपा अमेरिकाविरुद्ध रिस पोखेका छन् । चिलीविरुद्ध जित निकाल्दा पहिलो हाफमै रातो कार्ड खाएर मैदान बाहिरिएका मेस्सीले खेलपछि यस्तो बताएक हुन् ।

cura insider

तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले साबिकको विजेता चिलीविरद्ध २–१ गोलको जित निकालेको थियो । सो खेलको ३७औं मिनेटमा अर्जेन्टिना र चिली दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए ।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका हुन् । मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए । खेलपछि बोल्दै मेस्सीले भीएआर र कोपाविरुद्ध आक्रोश पोखेका छन् । उनले भनेका छन्, ‘उनीहरूले हामीलाई (अर्जेन्टिना) फाइनल पुगेको देख्न चाहँदैनन् ।’

सेमिफाइनल खेलमा रेफ्रीविरुद्ध खनिएका उनी पुनः तेस्रो स्थानका लागि भएको खेलमा आक्रोशित बने । उनले खेलपछि पत्रकारसँगको कुराकानीका क्रममा भनेका छन्, ‘रेफ्रीहरूले हामीलाई फाइनल पुगेको हेर्न चाहँदैनन् । भष्ट्र तथा असम्मानित रेफ्रीहरूले फुटबलबाट मनोरञ्जन लिइरहेका मानिसलाई पनि मनोरञ्जन दिन खोज्दैनन् ।’

‘हामीले यो भन्नै पर्ने हुन्छ कि, भ्रष्ट र रेफ्रीहरूले हामीलाई फाइनलमा पुग्न दिएनन्,’ ब्राजिलले नै कोपा जित्ला त भन्ने प्रश्नमा उनले भने, ‘ब्राजिलले जित्छ ? यसमा त कुनै शंका नै छैन । कोपा अमेरिका ब्राजिलकै लागि बनेको हो । दुखदः कुरा त यो हो, कोपा ब्राजिलले नै जितोस् भनेर उसैका लागि यो ‘सेटअप’ भइरहेको छ । आशा छ कि, रेफ्री र भीएआरले फाइनलमा पेरुविरुद्ध हामीलाई जस्तो नगरोस् ।’

jackson ribon