birat ribon

आकाश र पूजाको ‘रामकहानी’ युट्युबमा सार्वजनिक, यहाँबाट हेर्नुहोस् पूरा फिल्म

Neuro
आकाश र पूजाको ‘रामकहानी’ युट्युबमा सार्वजनिक, यहाँबाट हेर्नुहोस् पूरा फिल्म

विराटनगर,

cura insider

चर्चित अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित फिल्म ‘रामकहानी’ युट्युवमा सार्वजनिक भएको छ । सुदर्शन थापा र पूजा शर्माको लगानीमा निर्माण भएको यस फिल्मलाई शुक्रबार युट्युवमा रिलिज गरिएको हो ।

सस्पेन्स कमेडीमा आधारित भएर फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्म ‘रामकहानी’मा पूजा र आकाशका साथ केदार घिमिरे, जितु नेपाल र रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

यस फिल्ममा आकाशले रामको भूमिका निर्वाह गरेका छन् भने पूजा उनको जोडी बनेकी छिन् । २०७५ साल भाद्र २२ गतेका दिन प्रदर्शनमा आएको यस फिल्मले बक्सअफिसमा राम्रै व्यापार गर्न सफल भएको थियो ।

रामकहानी’लाई दर्शकले राम्रो प्रतिकृया दिएका छन् भने पूजा र आकाशको जोडीलाई पनि अत्याधिक रुचाइएको छ । ‘रामकहानी’ पछि निकै चर्चामा आएका आकाश र पूजा अहिने आफ्नो नयाँ फिल्म ’पोइ पर्यो काले’मा ब्यस्त रहेका छन् ।

jackson ribon