birat ribon

महिला विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै स्वीडेन बन्यो तेस्रो

Neuro
महिला विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै स्वीडेन बन्यो तेस्रो

विराटनगर,
स्वीडेन फ्रान्समा जारी आठौं संस्करणको फिफा महिला विश्वकप २०१९ को तेस्रो भएको छ । शनिबार भएको तेस्रो स्थानको भिडन्तमा इंग्ल्याण्डलाई २–१ गोलान्तरले हराउँदै स्वीडेन तेस्रो बनेको हो ।

cura insider

स्वीडेनलाई तेस्रो बनाउन कोसोभारे उस्लानी र सोफिया जाकोबसनले समान एक–एक गोल गरिन् भने पराजित टोली इंग्ल्याण्डका लागि फ्रान किर्बीले एक गोल फर्काइन् । स्वीडेनका लागि खेलको ११औं मिनेटमा अस्लानीले गोल गर्दै अग्रता दिलाउँदा २२औं मिनेटमा जाकोबसनले अग्रता दोब्बर पारिन् ।

२–० ले पछि परेको इंग्ल्याण्डले खेलको ३१औं मिनेटमा गोल गर्यो । उसका लागि फ्रान किर्बीले गोल गर्दै खेलमा फर्किने कोसिस गरिन् । तर, त्यसपछि बाँकी रहेको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल स्वीडेनले जित्यो ।

jackson ribon