birat ribon

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायो

Neuro
विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायो

विराटनगर,
इंग्ल्याण्ड र वेल्सयमा संयुक्त रूपमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराएको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले हराएको हो ।

cura insider

ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले १०० रन बनाउँदा भान डेर डुसेनले ९५ रन र क्वीन्टन डी ककले ५२ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन ल्यानले २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाले दिएको ३ सय २६ रनको फराकिलो विजय लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय १५ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले १ सय २२ रन बनाएता पनि टोलीको हार टार्न सकेनन् । यसैगरी एलेक्स केरीले ८५ र मार्कुस स्टोनिस २२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३ विकेट लिँदा एडिले लक्की र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए ।

jackson ribon