birat ribon

कोपा अमेरिका : अर्जेन्टिना र चिली तेस्रो स्थानका लागि भिड्दै, कसले मार्ला बाजी ?

Neuro
कोपा अमेरिका : अर्जेन्टिना र चिली तेस्रो स्थानका लागि भिड्दै, कसले मार्ला बाजी ?

विराटनगर,
ब्राजिलमा भइरहेको ४६औं संस्करणको कोपा अमेरिका कपमा आज एक खेल हुँदैछ । उक्त प्रतियोगिताअन्तर्गत आज तेस्रो स्थानका लागि अर्जेन्टिना र चिली प्रतिस्पर्धामा छन् ।

cura insider

चिली र अर्जेन्टिनाबीचको खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजे हुनेछ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पेरुविरुद्ध पराजित भएपछि चिलीले अर्जेन्टनासँग भेट पक्का गरेको हो । त्यसको अघिल्लो दिन भएको ब्राजिलसँगको हारपश्चात अर्जेन्टिना तेस्रो स्थानको लागि भिड्ने भएको हो ।

अर्जेन्टिना भने पहिलो सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार टोली ब्राजिलसँग हार ब्यहारेसँगै तस्रो स्थानका लागि लड्ने भएको हो । आफ्नै भूमिमा भइरहेको कोपामा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो । तेस्रो स्थानका लागि भिड्न लागेका चिली डिफेन्डिङ च्याम्पियन टोली हो भने अर्जेन्टिना साबिकको उपविजेता हो ।

सन् २०१६ को कोपा अमेरिका कपमा अर्जेन्टिनालाई फाइनलमा पाखा लगाउँदै चिलीले उपाधि हात पारेको थियो । यसअघि उपविजेतामै चित्त बुझाएको अर्जेन्टिना यसपटक उपाधि जित्ने होडमा थियो तर ब्राजिलले उसलाई हराएसँगै उसको सपना चकनाचुर भएको थियो ।

यसपटक सेमिफाइनलमा ब्राजिलसँग हारेको अर्जेन्टिना चिलीमाथि चिलीमाथि हारको झोँक पोख्न चाहान्छ । यसैगरी ऊ चिलीसँग सन् २०१६ को उपाधि भिडन्तमा ब्यहोरेको हारको बदला लिने दाउमा छ । तर, चिली भने अर्जेन्टिनालाई फाइनलमा हराएझैँ जित निकालेर तेस्रो स्थान बनाउने दाउमा छ ।

jackson ribon