विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट पाकिस्तान बाहिरिएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई हराएतापनि पाकिस्तान विश्वकपबाट बाहिरिएको हो ।
बंगलादेशलाई ९४ रनले पराजित गरेको पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको हो । सेमिफाइनलमा स्थान बनाउनका लागि पाकिस्तानले बंगालदेशमाथि ३०८ रनको जित निकाल्नु पर्ने थियो । तर, झिनो अन्तरको जित निकालेपछि ऊ जारी विश्वकपबाट बाहिरिएको हो ।
पाकिस्तानले झिनो अन्तरमा जित निकालेपनि न्युजिल्याण्ड सेमिफाइनलमा पुग्यो । पाकिस्तानको प्रतिद्वन्द्वी बंगलादेश भने यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ । न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएसँगै सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।
न्युजिल्याण्डसँगै अष्ट्रेलिया, भारत, इंल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।