birat ribon

दुई वर्ष ग्रामीण क्षेत्रमा काम गरेमात्रै बढुवा

Neuro
दुई वर्ष ग्रामीण क्षेत्रमा काम गरेमात्रै बढुवा

काठमाण्डौँ । सांसदहरुले निजामती कर्मचारीको बढुवाका लागि कम्तीमा दुई वर्ष ग्रामीण क्षेत्रमा काम गुर्न पर्ने व्यबस्था गर्न प्रस्ताब गरेका छन् ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले ग्रामीण क्षेत्रमा दुई वर्ष काम नगरेका कर्मचारीले बढुवाका लागि निवेदन नै दिन नपाउने व्यवस्था संघीय निजामती ऐनमा राख्न प्रस्ताव गरेका हुन् ।

cura insider

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २८ मा ‘बढुवाका लागि उम्मेदवार हुन नपाउने’ व्यवस्था छलफलमा सांसदहरुले यस्तो माग गरे । ग्रामीण क्षेत्रमा कर्मचारी नजाने समस्या अन्त्य गर्न कानूनी रुपमै व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘कम्तीमा एक बर्ष ग्रामीण भेगमा बसेर काम नगरेको कर्मचारी बढुवाका लागि अयोग्य हुने’ भनेर राख्न सकिने बताए । तर नेकपा सांसद जनार्दन शर्माले एक बर्षको समय कम हुने भन्दै दुई वर्ष राख्नुपर्ने माग गरे । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले पनि शर्माको प्रस्तावमा समर्थन गरे ।

jackson ribon