fbpx

छोराले गरे आमाको हत्या

सप्तरी ।

सप्तरीमा आमाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

हत्याको आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।

दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनलाई अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो ।

Loading...