birat ribon

देशलाई नाफा हुने गरिमात्र आइफा अवार्ड गरिने : प्रधानमन्त्री ओली

Neuro
देशलाई नाफा हुने गरिमात्र आइफा अवार्ड गरिने : प्रधानमन्त्री ओली

काठमाडौं ।

cura insider

प्रधानमन्त्री केपी ओलीले आइफा अवार्ड कार्यक्रम देशलाई नाफा हुने गरि आयोजना हुने अन्यथा नहुने प्रष्ट पारेका छन् । उनले मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएमात्र आयोजना गर्न दिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशलाई नाफा हुने गरी हामी आयोजना गर्न दिने नभए आयोजना नै गर्न नदिने बताए ।

उनले आइफा अवार्ड न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने मन्त्रिपरिषद्ले निर्णयमा गरेको बताउदै सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हल्ला मात्र रहेको बताए । उनले सरकारले आइफा अवार्ड गर्ने भन्ने निर्णय नगरेको बताए । भ्रमण वर्ष २०२० सफल हुन नदिन यस्तो हल्ला चलाएको उनको आरोप छ ।

यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै उनले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्त गरे ।

jackson ribon