birat ribon

प्रदेश सरकारद्वारा युवा वैज्ञानिक पुरस्कृत

Neuro
प्रदेश सरकारद्वारा युवा वैज्ञानिक पुरस्कृत

विराटनगर ।

cura insider

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नम्बर १ का उत्कृष्ट युवा वैज्ञानिकहरुलाई शुक्रबार पुरस्कृत गरेको छ । कृषि, विज्ञान र इन्जिनियरिङ विधामा उत्कृष्ट युवा वैज्ञानिकहरुलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक नगद पुरस्कार सहित पुरस्कृत गरेको हो ।

तीनै विधामा प्रथम हुनेलाई ५० हजार दोस्रो हुनेलाई ३० हजार तेस्रो हुनेलाई २० हजार र सन्त्वनालाई १० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरेको छ । विराटनगरको आर्दश विद्यालयमा शुक्रबार भएको प्रर्दशनिमा उत्कृष्टहरुलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

युवा वैज्ञानिकहरुको प्रर्दशनीको अवलोकन पछि पुरस्कार वितरण गर्दै मन्त्री घिमिरेले युवाहरुमा प्रतिभा, सिर्जना र जोस, जाँगरको खानी हुने भन्दै प्रतिभाको प्रयोग गर्न सके मानिसको जनजिवन सहज हुने बताए । मन्त्री घिमिरेले पुर्वीय दर्शन, प्रकृती, संस्कार र संकृतिका कुरामा अझ बढी अनुसन्धान केन्द्रीत गरी जीवन सहज बनाउन बैज्ञानिकहरुको खोज हुनु पर्ने बताए ।

कार्यक्रममा तीन ओटा विधामा विभिन्न २१ वटा समुहले प्रस्तुती दिएका थिए । ती प्रस्तुतीमा कृषि तर्फ कविन्द्र भट्टराई प्रथम, आशिष फुयाँल दोस्रो, अरुण कटुवाल तेस्रो र कृष्ण पोखरेलले सान्त्वना पुरस्कार पाए ।

त्यस्तै विज्ञान विधामा डाक्टर सुजित कुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागाई तेस्रो र रोहित कुमार देव चौथो भए । त्यसैगरि इन्जिनियरिङ विधामा सुमन खनाल, असोक आङ्देम्बे र एलिसा प्रधानको समुह प्रथम, सरोज दाहाल, बरुण कुमार मुल्मी र क्षितिज गौतमको समुह दोस्रो, शसांक पोखरेल तेस्रो र राजेन्द्र कुमार लिम्बु चौथो भए ।

प्रर्दशनिमा १८ देखि ४० वर्षसम्मका युवाहरुले बनाएका विभिन्न बैज्ञानीक र खोजमुलक सामग्रीको प्रस्तुत गरिएको थियो ।

 

jackson ribon