birat ribon

भारतको दबावपछि सरकारको व्याकगियर, भन्सारमा विषादी परीक्षण रोकियो

Neuro
भारतको दबावपछि सरकारको व्याकगियर, भन्सारमा विषादी परीक्षण रोकियो

काठमाडौं । नेपाल प्रवेश गर्ने तरकारी तथा फलफूलको विषादी परीक्षण कडाई  गरेकाे सरकार आफ्नै  निर्णयबाट पछि हटेको छ । भारत तथा तेस्रो देशबाट आयात हुने तरकारीको नाकामा विषादी परीक्षण सुरु गरेको सरकार छिमेकी देश भारतको दबावका कारण पछि हटेकाे हो । सरकारको निर्णयपछि तरकारीको विषादी परीक्षण नगरी भित्रिन थालेका छन् ।

cura insider

भारतीय दूतावासले लिखित पत्र नै पठाएरपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि विषादी परीक्षण स्थगित गर्ने निर्णय गरेको हो । सीमा नाकामा विषादी परीक्षणकालागि पूर्वाधार निमार्णपछि मात्र निकासी पैठारी नीति कार्यन्वयनमा जाने निर्णय भएकाे आपूर्ति मन्त्रालयले जनाएको छ ।

सरकारले गत असार २ गते सूचना प्रकाशित गर्दै क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो । तर, भारतले दबाव दिएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

jackson ribon