fbpx

हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ गाइजात्रादेखि कान्तिपुर टेलिभिजनमा

काठमाडौं,
‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त रहेकी अभिनेत्री केकीले ‘कोहलपुर एक्सप्रेस’ को निर्माण टिमसँग मिलेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने एक कमेडी रियालिटी शो निर्माण गर्दैछिन् । गाइजात्राको अवसर पारेर ‘कमेडी च्याम्पियन’ नाम जुराइएको यस रियालिटी शोमा उनी निर्मात्रीको रुपमा रहेकी छिन् ।

कमेडी च्याम्पियन’ को निर्णायकमा बरिष्ठ कलाकार सन्तोष पन्त, निर्देशक प्रदीप भट्टराई, हाँस्यकलाकार मनोज गजुरेल र अभिनेत्री ऋचा शर्मा रहेका छन् । कार्यक्रमको सञ्चालन अभिनेत्री रीमा विश्वकर्माले गर्ने भएकी छन् । थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक विशाल भण्डारी हुन् ।

यो शोको अडिसनमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको तीन मिनेट र विदेशमा भएकाले पाँच मिनेटको कमेडी भिडियो मोवाइल एप्समार्फत् पठाउनु पर्ने हुनेछ ।

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै ३ जनालाई फाइनलमा उतारिने र विजेताले ५० लाखस २५ लाख नगद र २५ लाख पार्ने कार प्राप्त हुने शोका आयोजकले बताएका छन् । शोमा राम्रो गर्नेलाई चलचित्रमा समेत अवसर प्राप्त हुने भएको छ ।

डिजिटल र फिजिकल गरि दुई फर्म्याटमा अडिसन हुने र हास्यव्यंग्य संस्कृति भन्दा भिन्न प्रकारको प्रतिभा र डिजिटल पुस्तालाई सम्बोधन गर्ने कमेडियन यस शोले उत्पादन गर्ने विश्वास मनोज गुजुरेलले व्यक्त गरेका छन् ।

पहिलो पटक सानो पर्दामा देखिने ‘कमेडी च्याम्पियन’ लाई विवादरहित बनाउन प्रयास गर्ने निर्देशक भट्टराईले बताएका छन् । अभिनेत्री ऋचाले भने यो शो ६० प्रतिशत स्क्रिप्टिडेड हुने र सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी, राज घिमिरे र सृजा थपलिया रहेको बताएकी छिन् ।

बिहीबार यस शोको घोषणा कार्यक्रममा नेपालमा पहिलो पटक कमेडी रियालिटी शो आयोजना हुन लागेको र यसलाई स्तरिय बनाउन हामीले कुनै कसर बाँकी नराख्ने केकीले बताइन । ‘कोहलपुर एक्सप्रेस’मा चोरीको आरोप लागेको केकीले यो शो कुनै विदेशी शोबाट प्रभावित भएर बनाउन लागेका होइनौं नभएको र यसलाई चोरीको आरोप लाग्न नदिन टिमले निकै मेहनत गरिरहेको केकीले बताएकी छिन् ।

प्रतिक्रिया

eight + nine =

Loading...