birat ribon

‘चुलबुल पाण्डे’ बन्नको लागि १५ केजी घटाउँदै सलमान

Neuro
‘चुलबुल पाण्डे’ बन्नको लागि १५ केजी घटाउँदै सलमान

विराटनगर,
बलिउडका चर्चित अभिनेता सलमान खान अहिले आफनो नयाँ चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । भारतीय मिडिया अनुसार सलमानले यस फिल्मबाट आफ्ना फ्यानहरुका लागि धेरै नयाँ सरप्राइज दिने भएका छन् । सलमान कहिले पनि आफ्नो फ्यानहरुलाई निराश बनाउन चाहंदैनन । फिल्ममा उनले निभाउने भूमिकामा जहिले पानी १०० प्रतिशत दिने गर्छन् ।

cura insider

सलमानले यो फिल्ममा आफ्नो तौल र बडीमा परिवर्तन ल्याउँदैछन् । ’दबंग ३’ मा उनले १५ केजी घटाउँदै छन् । फिल्ममा ’चुलबुल पान्डे’ को २० वर्षको उमेरभन्दा पहिलाको दृश्य देखाउनु पार्ने भएकोले भूमिकाको लागि सलमान अहिले जिममा निकै मेहनत गरिरहेका छन् । सलमानले आफ्नो हालै प्रदर्शनमा आएको उनको फिल्म ’भारत’ मा आफ्नो वृद्ध अवतारबाट फ्यानहरुलाई सरप्राइज दिएका थिए ।

प्रभु देवाले निर्देशन गरिरहेका ‘दबंग ३’ लाई अरबाज खानले निर्माण गरिरहेका छन् । यस फिल्ममा सलमानको फेरी पनि तेस्रो पटक अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हानै देखिदै छिन् । उक्त फिल्ममा सलमान खानका साथ सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खान लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’ को सिक्वेल रहेको छ । ‘दबंग ३ ‘ यस वर्षको डिसेम्बरमा २० मा रिलिज हुने तय भएको छ । यस अघि उनले मुन्ना बदनाम हुआ’मा आइटम डान्स गर्ने र ‘सिटी’ बोल रहेको गीतमा प्रहरी फोर्सको साथमा एक डान्सको खवरका साथ आफ्नो दर्शकहरुलाई सरप्राइज दिसकेका छन् ।

jackson ribon