birat ribon

‘साहो’ मा प्रभास र ज्याकलिनको आइटम डान्स

Neuro
‘साहो’ मा प्रभास र ज्याकलिनको आइटम डान्स

विराटनगर,

cura insider

स्वतन्त्रता दिवसको अवसर पारेर अगष्ट १५ मा रिलिज हुन लागेको बाहुबली सुपरस्टार प्रभाष र बलिउड अभिनेत्री श्रद्धा कपुरको नयाँ चलचित्र ‘साहो’लाई यस वर्षको निकै प्रतिक्षित फिल्म मानिएको छ । एक्सन थ्रिलरमा आधारित रहेको फिल्म ‘साहो’ लाई निर्माण गर्न र प्रचार गर्न फिल्मका निर्देशक सुजित र निर्माण टिमले कुनै कसर बाँकी राखेका छैन ।

’साहो’ फिल्मका माध्यमबाट प्रभासले बलिउडमा डेब्यु गर्दैछन् । करिव ३०० करोड भारूको महंगो बजेटमा निर्माण गरिएको यस फिल्ममा अभिनेता प्रभाष र श्रद्धालाई केनी बेट्सको निर्देशनमा विभिन्न एक्सन गरेको देख्न सकिन्छ । ‘बाहुबली’ले प्रभाषप्रति दर्शकहरुमा उनको निकै आशा बढेको देखिएको छ । छायांकन सकिएको यस फिल्मको लागि केहि दिन अगाडी एक आइटम गीतको छायांकन गरिएको छ ।

अष्ट्रियामा छायांकन गरिएको यस आइटम गीतमा बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेजको डान्स रहेको छ । अष्ट्रियामा चलचित्रको छायांकन सकेर ज्याकलिन भारत फर्किसकेकी छिन् । फिल्ममा प्रभास र श्रद्धा संग मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् । हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको यस फिल्मलाई तेलुगू, तमिल र हिन्दी तिन वोटै भाषामा रिलिज गरिने भएको छ । हिन्दि बोल्न गार्हो भएको कारण यस फिल्मका लागि प्रभासले हिन्दी क्लास जोइन गरेर हिन्दी बोल्न सिकेका छन् ।

’साहो’को डरले नेपाली फिल्म ’हजार जुनी सम्म’को प्रदर्शन मितीलाई एक साता पछाडी सरेर भदौ ६ गतेका दिन रिलिज गर्ने भएको छ । अब भने प्रभासको ’साहो’ र अक्षयको ’मिसन मंगल’ बक्स अफिसमा एकसाथ भिड्ने पक्का भएको छ । फिल्मको आइटम गीतमा प्रभाष र ज्याकलिनको डान्स हुनेभए संगै दर्शकहरु यस फिल्मको लागि निकै उत्साहित रहेका छन् ।

jackson ribon