birat ribon

सिंगापुरलाई २ सय १७ रनले हराउँदै नेपाल बन्यो समूह विजेता

Neuro
सिंगापुरलाई २ सय १७ रनले हराउँदै नेपाल बन्यो समूह विजेता

विराटनगर,
मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरुविरुद्ध फराकिलो जित निकालेको छ । साबिकको विजेतासमेत रहेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २ सय १७ रनले हराएको हो ।

cura insider

यस जितसँगै एक खेलअगाडि नै सेमिफाइनलमा पुगिसकेको नेपाल समूह ‘ए’ को विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा आगामी सोमबार समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।

नेपालले दिएको ३ सय २७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रनमै अलआउट भएको थियो । सिंगापुरलाई सहजै हराउनका लागि नेपालका कुशल मल्लले ४ विकेट लिए भने तिलकराज भण्डारीले २ विकेट तथा रासिद खान र सागर ढकालले समान १–१ विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि रित गौतमले शतकीय इनिङ्स खेले । उनले नटआउट १ सय १५ रन बनाए ।

यसैगरी खडक बोहोराले ९० रन बनाउँदा कुशल मल्लले नटआउट ५१ रन तथा पवन सर्राफले ४५ रन जोडे ।

jackson ribon