birat ribon

गर्मी मौसममा सातु खानुका छन् अनेक फाइदाहरू

Neuro
गर्मी मौसममा सातु खानुका छन् अनेक फाइदाहरू

सातुको नियमित सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा हुने गर्दछ । सातु मकै, चना, जौ अर्थात् कोदोको पनि बनाउन सकिन्छ । सातुमा कागतिको रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नु पर्छ । धेरै किसिमका पोषक तत्व पाइने हुदा सातुको सेवनले हामीलाई पोषण दिन्छ । यसमा प्रोटिनको मात्रा अत्यधिक हुने भएको कारणले गर्मी मौसममा यसको सेवन गर्नु पर्छ ।

cura insider

सातु खादा यसले हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर चिसो बनाइ राख्न मद्दत गर्छ । सातुको सेवनले शरीरमा तत्कालै उर्जा प्रदान गर्छ । पटक पटक भोक लागिरहन्छ वा खाना खादा सन्तुष्ट हुइदैन भने सातुको प्रयोग हामीलाई निकै फाइदा हुन्छ । सातु खाने या सातुको सर्वत पिएपछि लामो समय सम्म हामीलाई भोकको अनुभव हुँदैन ।

यसले भोकको अनुभुति हटाउनका साथै शरीरलाई कमजोर हुन दिदैन । सातुले हाम्रो पाचन प्रक्रियालाई सक्रिय बनाएर एसिडिटी, कब्जियत तथा पेटमा हुने समस्यालाई ठिक गर्छ । यसको सेवनले हाम्रो लिभरलाई पनि बलियो बनाउन मद्दत गर्छ । नियमित रुपमा सातुको सेवन गर्नाले खानेकुरालाई सजिलैसँग पचाउने भएको कारणले यसले हाम्रो तौललाई नियन्त्रणमा ल्याउनुका साथै मोटोपनबाट हैरान भएका मानिसहरुका लागि उपयुक्त मानिन्छ ।

सातु डाइबिटीज र उच्च रक्तचापका बिरामीहरुका लागि पनि लाभदायक मानिन्छ । यसले हाम्रो शरीरको कोलेस्टेरोलको मात्रालाई कम गरेर उक्तरक्त चाप, मधुमेहलाई नियन्त्रण गर्नुका साथै हामीलाई मुति सम्बन्धि विभिन्न रोगहरुबाट जोगाउन मद्दत पुर्याउछ । यसको नियम्नित सेवनले हाम्रो हड्डी तथा मांसपेशीको बिकाशमा मद्दत पुर्याएर बलियो बनाउद छ ।

यसले हाम्रो छालालाई नरम र चम्किलो बनाउन समेत भूमिका खेल्दछ । यसको सेवनले हाम्रो अनुहारको दाग, चाया तथा पोतोलाई हटाएर हाम्रो छालालाई चाउरी पर्न दिँदैन ।

jackson ribon