fbpx

डुङ्गा दुर्घटनामा परी ९ जना माझी बेपत्ता

हन्डुरस
हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा भएको छ । उक्त दुर्घटनामा नौ माझी वेपत्ता भएका छन् । माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गरेका छन् भने कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ ।

हराइरहेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटना भएको यस डुङ्गाको ३१ जना यात्रु बोक्ने मात्र क्षमता रहेकामा ९१ जना यात्रु सवार रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जानकारी दिएको छ । रासस

प्रतिक्रिया

18 − 16 =

Loading...